११ श्रावण २०८२, शनिबार

आफ्नै श्रीमानको ह*त्या गरेको अभियोगमा श्रीमति पक्राउ

३० वैशाख, दाङ :

चिर्पटले हानेर श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको बंगलाचुली गाउँपालिका-७ हल्दी बस्ने ५० वर्षीया संगीता सुनारी मगर रहेकी छन्। संगीताले घरायसी विवादको क्रममा चिर्पट प्रहार गर्दा श्रीमान् ६५ वर्षीय पुनाराम सुनारी मगरको घटनास्थलमै मृत्यु भएको थियो।

हत्या आरोपी संगीतालाई सोमबार राति इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हासिँपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?