एकैदिन ३७ सय रुपैयाँले घट्यो सुनको भाउ
२९ वैशाख, काठमाडौं ।
सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतवारको तुलनामा सोमबार सुनको भाउ तोलामा ३७ सय रुपैयाँले घटेको हो । हिजो १ लाख ९० हजार ५०० रुपैयाँमा करोबार भएको सुन आज १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ । हिजो १९ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज १९ सय ६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment