काठमाडौंको होटलमा फिल्मी स्टाइलमा डकैती: ‘प्रहरी हुँ’ भनेर तीन लाख बढी लुटपाट

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २८, २०८२
|
|
२९ पटक हेरिएको
Shares
काठमाडौंको होटलमा फिल्मी स्टाइलमा डकैती: ‘प्रहरी हुँ’ भनेर तीन लाख बढी लुटपाट

सारांश

  • आफूलाई प्रहरीको रुपमा चिनाउँदै काठमाडौंको एक होटलमा डकैती गर्ने गिरोहका ८ सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनीहरूलाई शनिबार काठमाडौं महानगरपालिका–१४ स्थित कलंकीको होटल मेन्सबाट पक्राउ गरेको हो।
  • प्रहरीका अनुसार पक्राउ परेकाहरूले उक्त होटलको कोठा नम्बर ४०२ मा प्रवेश गरी ‘प्रहरी हुँ’ भन्दै पीडितलाई बोलेको खण्डमा ज्यान लिने धम्की दिएका थिए।

२८ वैशाख, काठमाडौं ।

आफूलाई प्रहरीको रुपमा चिनाउँदै काठमाडौंको एक होटलमा डकैती गर्ने गिरोहका ८ सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनीहरूलाई शनिबार काठमाडौं महानगरपालिका–१४ स्थित कलंकीको होटल मेन्सबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूले उक्त होटलको कोठा नम्बर ४०२ मा प्रवेश गरी ‘प्रहरी हुँ’ भन्दै पीडितलाई बोलेको खण्डमा ज्यान लिने धम्की दिएका थिए।

उनीहरूले बैंक खाताबाट पैसा ट्रान्सफर गराउन बाध्य पार्नुका साथै नगद रकम समेत लुटपाट गर्ने गरेका थिए। यसरी धम्की दिँदै बैंक तथा ई–सेवा मार्फत रकम ट्रान्सफर गर्न लगाई तथा नगद गरी जम्मा ३ लाख ६३ हजार रुपैयाँ बराबरको डकैती भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ पर्नेमा नवलपरासी गैडाकोट–२ का २४ वर्षीय अनिष के.सी, चितवन भरतपुर–१८ का २५ वर्षीय अतित क्षेत्री, भरतपुर–११ का २४ वर्षीय सन्दीप बि.क., नवलपुर दिपचुली–१६ का २३ वर्षीय सन्दीप परियार, गैंडाकोट–११ का २५ वर्षीय विवेक मल्ल ठकुरी (उर्फ दिप्सन), भरतपुर–१० का २२ वर्षीय बादल तामाङ, लमजुङ उदिपुरकी १९ वर्षीया सक्रिया खनिया र धरान उपमहानगरपालिका–१७ की २४ वर्षीया कविता राई रहेका छन्।

उनीहरू सबै हाल काठमाडौंको ठमेल, टोखा र कपन क्षेत्र आसपास बस्दै आएको पाइएको छ। पक्राउ परेका व्यक्तिहरूको साथबाट विभिन्न कम्पनीका ९ थान मोबाइल फोन, रोयल इनफिल्ड कम्पनीको बा.प्र.०२–०५३ प. ९८७८ नम्बरको मोटरसाइकल र नगद ५२ हजार रुपैयाँ बरामद गरिएको छ। पक्राउ परेका अभियुक्तहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत जाने
कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत जाने
यस्तो छ, शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ, शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
बागमती प्रदेशमा मात्रै १८ हजार भन्दा बढी गाई ‘लम्पी स्किन’ संक्रमित। 
बागमती प्रदेशमा मात्रै १८ हजार भन्दा बढी गाई ‘लम्पी स्किन’ संक्रमित। 
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी
१० किलो लागूऔषध गाँजासहित एक पक्राउ
१० किलो लागूऔषध गाँजासहित एक पक्राउ
नेप्से २६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
नेप्से २६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन, प्रहरी सहित १२० जना घाइते
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन, प्रहरी सहित १२० जना घाइते
भारतलाई बिजुली बेच्ने प्रसारण लाइन बनाउन सरकारले ३ अर्ब रूपैयाँ लगानी गर्दै
भारतलाई बिजुली बेच्ने प्रसारण लाइन बनाउन सरकारले ३ अर्ब रूपैयाँ लगानी गर्दै
‘कैदीबन्दीका सीपले अब कारागारलाई उद्योगका रूपमा विकास गर्दैछौँ’ : गृहमन्त्री
‘कैदीबन्दीका सीपले अब कारागारलाई उद्योगका रूपमा विकास गर्दैछौँ’ : गृहमन्त्री
काठमाडौंको गेस्टहाउसमा बलात्कार आरोपमा युवक पक्राउ
काठमाडौंको गेस्टहाउसमा बलात्कार आरोपमा युवक पक्राउ