११ श्रावण २०८२, शनिबार

कैलालीमा मोटरसाइकल दुर्घटनामा चालकको मृ*त्यु

 

२७ वैशाख, धनगढी ।

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की बहुमुखी क्याम्पस नजिकै भएको दुर्घटनामा लम्कीचुहा-२ का ६५ वर्षीय लक्षीराम रिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीकाअनुसार रिमालले चलाएको से७प ३२३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक किनारमा रोकिएको से१त ९६२३ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएको थियो । गम्भीर घाइते अवस्थाका उनलाई उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल लगिएको थियो । तर, राति सवा ९ बजे उपचारका क्रममै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?