एन्फाको बजेट १ अर्ब ५६ करोड पारित
२६ वैशाख, काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी आर्थिक वर्षको लागि बजेट पारित गरेको छ । काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न साधारण सभाले २०८१/८२ को लागि डेढ अर्ब माथिको बजेट पारित गरेको हो ।
साधारण सभाले एक अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० रुपैयाँ बजेट पारित गरेको एन्फा प्रवक्ता सुरेश शाहले बजेट बढेको जानकारी दिए । पछिल्लो वर्षको पूर्वाधारको बजेट यस आर्थिक वर्ष थपिएकोले धेरै भएको प्रवक्ता शाहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment