मेलामा विवाद हुँदा एक युवकको हत्या, दुई भारतीय पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक १०, २०८०
|
|
२६ पटक हेरिएको
Shares
मेलामा विवाद हुँदा एक युवकको हत्या, दुई भारतीय पक्राउ

सारांश

  • महोत्तरीमा दसैँ मेलामा विवाद हुँदा एक युवकको हत्या भएको छ ।
  • पिपरा गाउँपालिका- ५ का १९ वर्षीय आशिक भन्ने बसन्त पासवानको हत्या भएको हो ।
  • पासवानको शव स्थानीय जगदीश शाहको धान खेतमा बिहीबार साँझ फेला परेको थियो ।

१० कार्तिक, जनकपुरधाम । महोत्तरीमा दसैँ मेलामा विवाद हुँदा एक युवकको हत्या भएको छ । पिपरा गाउँपालिका- ५ का १९ वर्षीय आशिक भन्ने बसन्त पासवानको हत्या भएको हो ।

पासवानको शव स्थानीय जगदीश शाहको धान खेतमा बिहीबार साँझ फेला परेको थियो । घटनालगत्तै प्रहरीले हत्यामा संलग्न दुई भारतीय युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्य मधुवनी जिल्लाका १९ वर्षीय दीपक मल्लिक र १८ वर्षीय अमित मल्लिक छन् । नेपालस्थित सानीआमाको घर आएका उनीहरुले घटना घटाएका हुन् । महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीका अनुसार मेलामा सिक्रीको विषयमा विवाद भएपछि पासवानलाई सुनसान ठाउँमा लगेर छुरा प्रहार गरी हत्या गरेको पक्राउ परेका दुबैजना स्वीकारेका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मेलामा टिकटक बनाउन अमितले लगाएको सिक्री मृतक पासवानले लिएका थिए । तर, सिक्री दिन आनाकानी गरेपछि विवाद भयो । सोही निहुँमा पासवानको हत्या गरेको उनीहरुले बयान दिएका छन् ।’ घटनाबारे थप अनुसन्धान तथा कारबाही अगाडि बढाएको डीएसपी गिरीले बताए । बिहीबार जनकपुरधाम– २३ मा पनि हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको थियो । तर, हत्या भएको आशंका गरिए पनि प्रहरीले कसैलाई पक्राउ पर्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रहरीले गेटमै रोकिदिए
गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रहरीले गेटमै रोकिदिए
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै
धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फिर्ता
धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फिर्ता
वेष्ट इन्डिजविरुद्ध भारतको ‘क्लिन स्वीप’, गिलको कप्तानीमा पहिलो श्रृंखला
वेष्ट इन्डिजविरुद्ध भारतको ‘क्लिन स्वीप’, गिलको कप्तानीमा पहिलो श्रृंखला
आज फेरि बजारबाट एक खर्ब झिक्दै राष्ट्र बैंक
आज फेरि बजारबाट एक खर्ब झिक्दै राष्ट्र बैंक
प्रहरीका १० डीआईजी रिक्त : चार ब्याचका टोलीबीच प्रतिस्पर्धा
प्रहरीका १० डीआईजी रिक्त : चार ब्याचका टोलीबीच प्रतिस्पर्धा
ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्र विक्रम बानियाँ निर्वाचित
ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्र विक्रम बानियाँ निर्वाचित
रुसद्वारा युक्रेनी सैन्य स्थलहरूमा आक्रमण
रुसद्वारा युक्रेनी सैन्य स्थलहरूमा आक्रमण
उद्योग वाणिज्य संघ कृष्णनगर द्वारा मन्त्री अधिकारीलाई स्वागत
गायिका रचना रिमाल चढेको जहाजमा प्राविधिक समस्या
गायिका रचना रिमाल चढेको जहाजमा प्राविधिक समस्या