भारत–पाकिस्तान तनावबारे सरकारको धारणा सार्वजनिक गर्न सांसदहरूको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २५, २०८२
|
|
४२ पटक हेरिएको
Shares
भारत–पाकिस्तान तनावबारे सरकारको धारणा सार्वजनिक गर्न सांसदहरूको माग

सारांश

  • हिजोको बैठकमा सांसदहरूले भारत–पाकिस्तानबीच गोलाबारी भएको विषयलाई लिएर नेपालमा पनि सचेतता अपनाउनुपर्नेमा जोड दिएकोमा आज पनि सांसदहरूले त्यही कुरामा जोड दिएका हुन् ।
  • सांसद रामहरि खतिवडाले भारतले अहिले आतङ्कवादविरुद्ध लडाइ लडिरहेको भन्दै आतङ्कवादविरुद्धको लडाइँमा नेपालले साथ दिनुपर्ने बताउनुभयो ।
  • सांसद मुक्ताकुमारी यादवले दुई देशबीच भइरहेको गोलाबारीमा त्यहाँ रहेका नेपालीहरू पर्न सक्ने भन्दै त्यसबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।

२५ वैशाख, काठमाण्डाै –

प्रतिनिधिसभाको बैठकमा आज पनि सांसदहरूले भारत–पाकिस्तान तनावको कुरा उठाएका छन् । हिजोको बैठकमा सांसदहरूले भारत–पाकिस्तानबीच गोलाबारी भएको विषयलाई लिएर नेपालमा पनि सचेतता अपनाउनुपर्नेमा जोड दिएकोमा आज पनि सांसदहरूले त्यही कुरामा जोड दिएका हुन् ।

सांसद रामहरि खतिवडाले भारतले अहिले आतङ्कवादविरुद्ध लडाइ लडिरहेको भन्दै आतङ्कवादविरुद्धको लडाइँमा नेपालले साथ दिनुपर्ने बताउनुभयो । सांसद मुक्ताकुमारी यादवले दुई देशबीच भइरहेको गोलाबारीमा त्यहाँ रहेका नेपालीहरू पर्न सक्ने भन्दै त्यसबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यहाँ रहेका नेपालीलाई सुरक्षित स्थानमा ल्याउने वातावरण निर्माण गर्न कूटनीतिक पहल गर्न पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो । त्यस्तै सांसद मीना तामाङले भारत–पाकिस्तान युद्धमा गोरखा सेना पहिलो चरणमा प्रयोग नगर्ने वातावरण निर्माण गर्न पहल गर्न सरकारसँग माग गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले भारत–पाकिस्तान युद्धमा सरकारको धारणा माग गर्नुभयो । सरकारले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । यसैबीच नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सामाजिक सञ्जालमा लेख्दै आतङ्कवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको बताउनुभएको छ । भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान सञ्चालन गरेको बेला पूर्वमन्त्रीसमेत रहेका शर्माको यो भनाइ सार्वजनिक भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ६ जना पक्राउ
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ६ जना पक्राउ
अपाङ्गतासम्बन्धी ऐनको व्यवहारिक रूपमै कार्यान्वयन गर्नुपर्छ : मन्त्री सुडी
अपाङ्गतासम्बन्धी ऐनको व्यवहारिक रूपमै कार्यान्वयन गर्नुपर्छ : मन्त्री सुडी
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव
बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय परिवर्तन
नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय परिवर्तन
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहटका पाँच जना पक्राउ
ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहटका पाँच जना पक्राउ
अब अस्पतालहरूले अनिवार्य मेडिकल उपकरणको अडिट गर्नुपर्ने
अब अस्पतालहरूले अनिवार्य मेडिकल उपकरणको अडिट गर्नुपर्ने
आजको मौसम : सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना