यूएईविरुद्ध अर्धशतक बनाएर कुशल भूर्तेल आउट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक १०, २०८०
|
|
२९ पटक हेरिएको
Shares
यूएईविरुद्ध अर्धशतक बनाएर कुशल भूर्तेल आउट

सारांश

  • नेपालमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत उपाधिका लागि यूएईविरुद्ध खेलिरहेको नेपालका ओपनर कुशल भूर्तेलले अर्धशतक प्रहार गरेका छन् ।
  • २९ बलको सामना गरेका भुर्तेलले ३ छक्का र ६ चौकाको मद्दतमा ५० रन बनााएका छन् ।
  • अर्धशतक पूरा गरेलगत्तै भूर्तेल यूएईका जाहुर खानको बलमा आउट भएका छन् ।

१० कार्तिक, काठमाडौं । नेपालमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत उपाधिका लागि यूएईविरुद्ध खेलिरहेको नेपालका ओपनर कुशल भूर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

२९ बलको सामना गरेका भुर्तेलले ३ छक्का र ६ चौकाको मद्दतमा ५० रन बनााएका छन् । अर्धशतक पूरा गरेलगत्तै भूर्तेल यूएईका जाहुर खानको बलमा आउट भएका छन् । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले उत्कृक्ष्ट सुरुवात गरेको छ । ताजा अवस्थामा नेपालले ८ ओभरमा ३ विकेट गुमाएर ७७ रन बनाएको छ । अहिले नेपालको क्रिजमा कप्तान रोहितकुमार पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरी रहेका छन् । यसअघि समूहचरणमा नेपालले खेलेका ४ वटछै खेलमा शतप्रतिशत नतिजा निकाल्दै फाइनलमा पुगेको हो । भने समान एक खेल जितेको यूएई रन रेटका आधारमा हङकङलाई पछि पार्दै फाइनलमा पुगेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?