मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना नौ जना घाइते, छको अवस्था गम्भीर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २४, २०८२
|
|
४७ पटक हेरिएको
Shares
मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना नौ जना घाइते, छको अवस्था गम्भीर

सारांश

  • राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा यात्रीवाहक सवारीसाधन दुर्घटना हुँदा नौ जना घाइते भएका छन् भने छ जनाको अवस्था गम्भीर छ ।
  • मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको सवारीसाधन बिहान दुर्घटना हुँदा राक्सिराङका–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उहाँकी पत्नी ७० वर्षीया फूलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
  • दुर्घटनामा ५० वर्षका सूर्य अधिकारी र १४ वर्षका कुमार तामाङ, राक्सिराङ गाउँपालिका–९ निवासी २८ वर्षका सुजन तामाङलाई भने सामान्य चोट लागेको छ ।

२४ वैशाखः  मकवानपुर ।

राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा यात्रीवाहक सवारीसाधन दुर्घटना हुँदा नौ जना घाइते भएका छन् भने छ जनाको अवस्था गम्भीर छ । मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको सवारीसाधन बिहान दुर्घटना हुँदा राक्सिराङका–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र

उहाँकी पत्नी ७० वर्षीया फूलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । दुर्घटनामा ५० वर्षका सूर्य अधिकारी र १४ वर्षका कुमार तामाङ, राक्सिराङ गाउँपालिका–९ निवासी २८ वर्षका सुजन तामाङलाई भने सामान्य चोट लागेको छ । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कान्द्राङबाट प्रहरी सहायक निरीक्षक भरतकुमार खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतले पाकिस्तानलाई हराएपछि मोदीले लेखे – अपरेशन सिन्दूर खेल मैदानमा
भारतले पाकिस्तानलाई हराएपछि मोदीले लेखे – अपरेशन सिन्दूर खेल मैदानमा
सुख्खाग्रस्त मधेसमा सरकारको तत्कालीन योजनाः ५ सय डिप बोरिङ जडान गरिने
सुख्खाग्रस्त मधेसमा सरकारको तत्कालीन योजनाः ५ सय डिप बोरिङ जडान गरिने
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली
११० राजावादी पक्राउ, ४ अभियोग लगाउने तयारी
११० राजावादी पक्राउ, ४ अभियोग लगाउने तयारी
नेपाल भलिबल संघद्वारा वार्षिक कार्यक्रम सार्वजनिक
नेपाल भलिबल संघद्वारा वार्षिक कार्यक्रम सार्वजनिक
प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ
प्रधानमन्त्रीको ब्रिफिङ : लामिछानेले आज बोल्न पाउनुहुन्छ
सरसफाइमा चरम लापरवाही, ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द
सरसफाइमा चरम लापरवाही, ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द
चितवनमा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृ*त्यु
चितवनमा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृ*त्यु
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
मलाई नजरबन्दमा राख्नेसम्मको योजना बुनिँदैछ, म डराउँदिनँ, दुर्गा प्रसाईं
मलाई नजरबन्दमा राख्नेसम्मको योजना बुनिँदैछ, म डराउँदिनँ, दुर्गा प्रसाईं