Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २४, २०८२
|
|
७२ पटक हेरिएको
Shares
राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

सारांश

  • आज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ ।
  • गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ ।
  • सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो ।

२४ वैशाख, काठमाडौँ ।

आज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रुपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दशौं पत्रकारिता दिवसले पत्रकारिता जगतलाई प्रोत्साहित र जिम्मेवार पत्रकारिताको विकासका साथै नयाँ पुस्तालाई हौसला र प्रेरणा प्रदान गर्नेमा विश्वास व्यक्त गरे । उनले राज्यको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता क्षेत्रको विकास प्रवर्द्धन र यसमा लागेकालाई हौसला प्रदान गर्न पत्रकारिता क्षेत्रमा योगदान गर्ने विशिष्ट व्यक्तिहरुलाई सम्मान गरेर राज्यले कदर गरेको उल्लेख गरे ।

‘विश्वसनीय सूचनाको आधार जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाइँदैछ । पत्रकारिता दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिनेछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रलायको आयोजनामा आज दिउँसो १ बजे राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना हुँदैछ । त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीआईबी अनुसन्धानले देखायो देशभरका हजारौँ व्यापारीले तस्करीको सुन किनेको तथ्य
सीआईबी अनुसन्धानले देखायो देशभरका हजारौँ व्यापारीले तस्करीको सुन किनेको तथ्य
‘प्रधानसेनापति ट्रफी २०८२’ शुरू
‘प्रधानसेनापति ट्रफी २०८२’ शुरू
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
सीमा क्षेत्रका समस्या समाधानमा दुई पक्षीय प्रयास भइरहेको छ : गृहमन्त्री
सीमा क्षेत्रका समस्या समाधानमा दुई पक्षीय प्रयास भइरहेको छ : गृहमन्त्री
आशिका तामाङलाई पाँच दिन कैद सजाय
आशिका तामाङलाई पाँच दिन कैद सजाय
ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग
ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आजदेखि राहदानी सेवा सुरु
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आजदेखि राहदानी सेवा सुरु
अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु ,१६ जना घाइते
अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु ,१६ जना घाइते
सशस्त्र प्रहरीद्वारा राप्ती नदीमा फसेका तीन जनाको उद्धार
सशस्त्र प्रहरीद्वारा राप्ती नदीमा फसेका तीन जनाको उद्धार
आजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड
आजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड