भारतले रोक्यो पाकिस्तानतर्फ बग्ने चेनाब नदी !

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २३, २०८२
|
|
२७ पटक हेरिएको
Shares
भारतले रोक्यो पाकिस्तानतर्फ बग्ने चेनाब नदी !

सारांश

  •   भारतले जम्मू-कश्मीरको चेनाब नदीमा बनेका सियाल र बगलिहार बाँधका ढोकाहरू बन्द गरेको छ ।
  • पहलगाममा भएको आतङ्कवादी हमलापछि पाकिस्तानसँग तनाव बढिरहेको बेला भारतले यस्तो कदम चालेको हो ।
  • पाकिस्तानतर्फ बग्ने चेनाबको पानीको बहाव रोकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

२३ वैशाख, काठमाडौं । 

भारतले जम्मू-कश्मीरको चेनाब नदीमा बनेका सियाल र बगलिहार बाँधका ढोकाहरू बन्द गरेको छ । पहलगाममा भएको आतङ्कवादी हमलापछि पाकिस्तानसँग तनाव बढिरहेको बेला भारतले यस्तो कदम चालेको हो । पाकिस्तानतर्फ बग्ने चेनाबको पानीको बहाव रोकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पानीको सतह १५ फिटमा झरेको बताइएको छ ।

पाकिस्तानमा चेनाबको पानीको सतह २२ फिट थियो, जुन पछिल्लो २४ घण्टामा ७ फिटले घटेको छ । भारतले पानी रोक्दा पञ्जाबका २४ महत्वपूर्ण शहरका ३ करोडभन्दा बढी मानिसहरूले ४ दिनपछि पिउने पानीको लागि समस्या हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आइतबार बिहानदेखि पानीको प्रवाह सामान्यभन्दा लगभग ९० प्रतिशतले घटेको पाकिस्तानको इन्डस (सिन्धु) रिभर सिस्टम अथोरिटीका प्रवक्ता मुहम्मद खालिद इद्रीस रानाले जानकारी दिए । पाकिस्तानका फैसलाबाद र हाफिजाबादजस्ता घना बसोबास भएका शहरहरूको ८० प्रतिशत जनसङ्ख्या पिउने पानीको लागि चेनाबको सतहको पानीमा निर्भर छन् ।

सिन्धु जल प्राधिकरणले भारतको यो कदमले बालीका लागि पानीमा २१ प्रतिशत कमी आउने चिन्ता व्यक्त गरेको थियो । यता, पाकिस्तानी संसद्‌ले यसलाई युद्ध छेड्ने कार्यको रूपमा वर्णन गरेको छ । पहलगाम क्षेत्रमा आतङ्कवादी समूहले एक नेपालीसहित २६ जनाको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको छ । पहलगाम आतङ्कवादी हमलापछि भारतले सिन्धु जल सन्धिलाई स्थगित गरेको छ । १९ सेप्टेम्बर १९६० मा भारत र पाकिस्तानबीच ६ नदीको पानी बाँडफाँड गर्न सिन्धु जल सन्धिमा हस्ताक्षर भएको थियो ।

सम्झौताअन्तर्गत भारतलाई तीन पूर्वी नदीहरू (रावी, ब्यास र सतलज) मा अधिकार प्राप्त भयो, जबकि पाकिस्तानलाई तीन पश्चिमी नदीहरू (सिन्धु, झेलम र चेनाब) प्रयोग गर्न अनुमति दिइयो । पाकिस्तानको ८० प्रतिशत कृषि सिन्धु, झेलम र चेनाब नदीको पानीमा निर्भर छ । अब भारतले यी नदीहरूको पानी रोकेपछि पाकिस्तानमा पानीको सङ्कट गहिरिँदै जानेछ । त्यहाँको आर्थिक अवस्था बिग्रनेछ । यसबाहेक, पाकिस्तानले धेरै बाँध र जलविद्युत् परियोजनाहरूबाट बिजुली उत्पादन गर्छ । पानीको अभावले विद्युत् उत्पादनमा गिरावट आउन सक्छ, जसले आर्थिक र औद्योगिक गतिविधिहरूमा असर पार्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले एक्लै चुनाव लड्छ : प्रकाशमान सिंह
कांग्रेसले एक्लै चुनाव लड्छ : प्रकाशमान सिंह
सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिर्वाय गराइनुपर्छ : मन्त्री खरेल
सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिर्वाय गराइनुपर्छ : मन्त्री खरेल
नेपाल र कतारबीच ८ क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
नेपाल र कतारबीच ८ क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण
नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण
प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता घोषणा
प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता घोषणा
मतदान गर्न पाउने विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार हो : डा.वाग्ले
मतदान गर्न पाउने विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार हो : डा.वाग्ले
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
प्रादेशिक अस्पताल मलगंवालाई १०० बेडमा स्तरोन्नति
प्रादेशिक अस्पताल मलगंवालाई १०० बेडमा स्तरोन्नति
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम
आज काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइँदै
आज काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइँदै