एमाले धनुषा अधिवेशनमा विवाद, दुई गुटबीच कुर्सी हानाहान

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २३, २०८२
|
|
२७ पटक हेरिएको
Shares
एमाले धनुषा अधिवेशनमा विवाद, दुई गुटबीच कुर्सी हानाहान

सारांश

  • नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा विवाद हुँदा कुर्सी हानाहान भएको छ ।
  • अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान भएको छ ।
  • निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका हुन् ।

२३ वैशाख, जनकपुरधाम ।

नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा विवाद हुँदा कुर्सी हानाहान भएको छ । अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान भएको छ । निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका हुन् । गत वैशाख २० देखि जनकपुरमा जारी छ । सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । भोला यादव र लक्ष्मी नारायण यादवले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

सोमबार राति नै मनोनयन दर्ता भएको थियो । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको एक नेताले बताए । उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव तथा सचिवमा दिप नारायण ठाकुर -दिपन_ र धिरेन्द्र कुमार मण्डलको उम्मेदवारी परेको छ ।

उपसचिवमा सचिव विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव तथा उपसचिव महिलातर्फ किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङले उम्मेदवार बनेकी छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ ।

आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोके पनि तयारी नपुग्दा बिहान १० बजेको लागि तय गरेको थियो । तर, उम्मेदवारको अन्तिम मतदानमावलीका विषयमा विवाद भएपछि मतदान सुरु हुन सकेको छैन । भोला यादव पक्षले मतदान सुरु गर्न माग गरिरहेका छन् भने लक्ष्मीनारायण यादव पक्ष धर्नामा छन् । निर्वाचनमा ६३५ जनाले मतदान गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकिङ प्रणालीबाट आज ४० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट आज ४० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक
असई हुँ भन्दै ठगी गर्ने २६ वर्षीय युवक पक्राउ
असई हुँ भन्दै ठगी गर्ने २६ वर्षीय युवक पक्राउ
नेपालबाट हङकङ उडेको क्याथेको विमानमा खाना खाएका ३६ यात्रु बिरामी
नेपालबाट हङकङ उडेको क्याथेको विमानमा खाना खाएका ३६ यात्रु बिरामी
सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई
सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई
राजेन्द्र लिङदेन झापा- ३ बाट एकल सिफारिस
राजेन्द्र लिङदेन झापा- ३ बाट एकल सिफारिस
वीरगन्जमा सामाजिक सद्भाव कायम गर्न मुख्यमन्त्रीको आग्रह
वीरगन्जमा सामाजिक सद्भाव कायम गर्न मुख्यमन्त्रीको आग्रह
यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्युबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्युबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
हामी ओली सरकारको रैती होइनौं, अब सडकमा उत्रिऔं -सांसद सुमना श्रेष्ठ
हामी ओली सरकारको रैती होइनौं, अब सडकमा उत्रिऔं -सांसद सुमना श्रेष्ठ
स्कुल बस दुर्घटना प्रकरण  : उपचारको क्रममा एक बालकको मृत्यु
स्कुल बस दुर्घटना प्रकरण : उपचारको क्रममा एक बालकको मृत्यु
पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते, एकजना गम्भीर
पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते, एकजना गम्भीर