हामी ओली सरकारको रैती होइनौं, अब सडकमा उत्रिऔं -सांसद सुमना श्रेष्ठ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
५७ पटक हेरिएको
Shares
हामी ओली सरकारको रैती होइनौं, अब सडकमा उत्रिऔं -सांसद सुमना श्रेष्ठ

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले दुई तिहाईको वर्तमान सरकारको हेपाहा प्रवृतिविरुद्ध सडकमा उत्रिन जनतालाई आह्वान गरेकी छन् ।
  • उनले भनेकी छन्, ‘सरकारको यो हेपाहा प्रवृति अब सहनुहुँदैन ।
  • हामी जहाँ छौं त्यहींबाट निस्कौं ।

१३ चैत,  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले दुई तिहाईको वर्तमान सरकारको हेपाहा प्रवृतिविरुद्ध सडकमा उत्रिन जनतालाई आह्वान गरेकी छन् । उनले भनेकी छन्, ‘सरकारको यो हेपाहा प्रवृति अब सहनुहुँदैन । हामी जहाँ छौं त्यहींबाट निस्कौं । हामी दलहरुको रैती पनि बन्न सक्दैनौं ।

काम गर्ने खोज्नेलाई भित्तैमा पुर्याउने, खुट्टा तान्ने जुन सोच मौंलाएको छ, त्यसलाई रोक्नैपर्छ ।’ कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक पदबाट बर्खास्त गर्ने निर्णयको विरोधमा मंगलबार सडकमै उत्रिएकी सांसद श्रेष्ठले आज सामाजिक सञ्जालमार्फत यस्तो आह्वान गरेकी हुन् ।

‘अहिले राजनीतिकर्मीहरुले जति नै ठूलो भाषण दिएपनि जनताको जनजीविकामा भिजेका व्यक्ति कुलमान नै हुन् ।  उनले टुकीको युगमा रहेको नेपाललाई यहाँसम्म ल्याए । विजुलीबाटै रोजगार सिर्जना गराए । तर उनैलाई काम गरिनस् भनेर शून्य अंक दिनु त अत्याचार र हेपाहा प्रवृति नै हो । यो विषयमा अहिले हामी नउठ्ने हो भने कहिले उठ्ने त ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ
एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ
सिप बिल्डिङवाला सबैलाई ईपीएस परीक्षामा सामेल गराउन अदालतको आदेश
सिप बिल्डिङवाला सबैलाई ईपीएस परीक्षामा सामेल गराउन अदालतको आदेश
सभापति वा प्रधानमन्त्री पदको लोभ छैन, कांग्रेसको एकताको लागि आवाज उठाउनेछु: शेखर कोइराला
सभापति वा प्रधानमन्त्री पदको लोभ छैन, कांग्रेसको एकताको लागि आवाज उठाउनेछु: शेखर कोइराला
सर्लाहीमा सर्प दंशबाट ३ वर्षीय बालकको मृ*त्यु
सर्लाहीमा सर्प दंशबाट ३ वर्षीय बालकको मृ*त्यु
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय
काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय
गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार
गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार
काठमाडौँ महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात
काठमाडौँ महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात
क्रिसमसले एकता र सद्भाव बलियो बनाओस् : कार्यवाहक सभापति खड्का
क्रिसमसले एकता र सद्भाव बलियो बनाओस् : कार्यवाहक सभापति खड्का