१० श्रावण २०८२, शुक्रबार

संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

२३ वैशाख, काठमाडौँ।

सरकारको नीति तथा कार्यक्रममाथि मंगलबार पनि छलफल हुँदैछ । बिहान ११ सुरु हुने बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सदस्यहरूले बोल्ने क्रम जारी रहने संसद सचिवालयले जनाएको छ । यसअघि सोमबारको बैठकमा बजेट व्यवहारिक, जनमुखी र प्रगतिशिल रहेको भन्दै सत्ता पक्षका सांसदहरूले समर्थन र प्रतिपक्ष सांसदले कार्यन्वयनको चुनौती देखाउँदै विपक्षमा आफ्ना धारणा राखेका छन् ।

आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि सोमबार नै प्रतिनिधिसभामा छलफलका क्रममा विगतमा जस्तै सत्तापक्ष र विपक्षका सांसदहरूले आफ्नो विचार प्रस्तुत गरेका हुन् । दिनभर भएका बहसमा यस्तै छनक देखिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?