मौसम खराब हुँदा अवतरण हुन सकेनन् जहाज, आधा दर्जन प्लेन आकाशमा घुम्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २१, २०८२
|
|
२३ पटक हेरिएको
Shares
मौसम खराब हुँदा अवतरण हुन सकेनन् जहाज, आधा दर्जन प्लेन आकाशमा घुम्दै

सारांश

  • मौसम प्रतिकुल बन्दा विमानहरुको उडान र अवतरण प्रभावित बनेको छ ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसमका कारण अवतरणमा समस्या हुँदा कतिपय जहाज आकाशमा होल्ड भइरहेका छन् ।
  • छेन्दुबाट काठमाडौं आएको एयर चाइनाको विमानले निजगढको आकाशमा फन्का मारिरहेको छ भने सिचुवान एयरको जहाज पनि मकवानपुरको आकाशमा घुमिरहेको छ ।

 

२१ वैशाख, काठमाडौं ।

मौसम प्रतिकुल बन्दा विमानहरुको उडान र अवतरण प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसमका कारण अवतरणमा समस्या हुँदा कतिपय जहाज आकाशमा होल्ड भइरहेका छन् । छेन्दुबाट काठमाडौं आएको एयर चाइनाको विमानले निजगढको आकाशमा फन्का मारिरहेको छ भने सिचुवान एयरको जहाज पनि मकवानपुरको आकाशमा घुमिरहेको छ ।

त्यस्तै सुर्खेतबाट काठमाडौं आउँदै गरेको श्रीएयरको जहाज होल्ड हुँदा भैरहवाबाट आएको विमान पनि आकाशमा घुमिरहेको छ । त्यस्तै रामेछापबाट फाप्लुका लागि उडेको जहाज पनि डाइभर्ट भएको छ । नेपालगञ्जबाट काठमाडौं आएँदै गरेको जहाज हेटौंडाको आकाशमा घुमिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?