ठूलो आन्दोलनमा जाँदैछौं, सरकारमा बस्ने रुचि छैन : प्रचण्ड
१८ वैशाख, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकचोटी फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । छिट्टै ठूलो आन्दोलनमा जानुपर्ने बताउँदै उनले अहिले सरकारमा जाने कुनै रुची नभएको बताए । तपाईंहरू अब राम्रो तयारीमा जानुस् । छिट्टै हामी ठूलै आन्दोलनमा जानुपर्ने छ,’ प्रचण्डले भनेका छन्, ‘हामी यथास्थितिवादी पार्टीसँग मिलेर सरकारमा जाने कुनै रुचि छैन । जनतासँगै ठिक छौं । हाम्रै वर्गसँग ठिक छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment