गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १७, २०८२
|
|
४७ पटक हेरिएको
Shares
गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

सारांश

  • गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएका छन् ।
  • बुधबार नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाइवाले गृहमन्त्री लेखकलाई भेट्न गृह मन्त्रालय पुगेका हुन् ।
  • भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–काश्मिरमा भएको आतंकवादी आक्रमण घटनाको निन्दा गरेका थिए ।

१७ वैशाख, काठमाडौं ।

गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएका छन् । बुधबार नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाइवाले गृहमन्त्री लेखकलाई भेट्न गृह मन्त्रालय पुगेका हुन् । भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–काश्मिरमा भएको आतंकवादी आक्रमण घटनाको निन्दा गरेका थिए ।  गृहमन्त्री लेखकले उक्त घटना दु:खद भएको बताउँदै आतंकवादी हमलाविरुद्धको घटनामा नेपाल सरकार छिमेकीमित्र भारतसँग रहेको बताए ।

गृहमन्त्री लेखकले नेपाल–भारतबीचको सदियौँदेखिको मित्रवत् सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाइवालेसँग कुराकानी भएको बताए । भेटमा  भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले दुई देशबीचको सम्बन्ध थप सुदृढ गर्दै लैजाने बताए । ‘नेपाल–भारतबीचको सम्बन्ध दृढ छ,’ उनले भने, ‘कुनै पनि विषयले मित्रवत् सम्बन्धमा असर पर्दैन ।’ चौथाइवालेले काश्मिर घटनामा एक नेपाली युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री लेखकमार्फत समवेदनासमेत व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालबाट जेनजीहरु भन्छन् : हाम्रो सहभागिता बिना प्रक्रिया अघिबढे अर्को आन्दोलन
अस्पतालबाट जेनजीहरु भन्छन् : हाम्रो सहभागिता बिना प्रक्रिया अघिबढे अर्को आन्दोलन
घृणाजन्य अभिव्यक्ति बन्द गर्न नेताहरूलाई मानव अधिकार आयोगको ध्यानाकर्षण
घृणाजन्य अभिव्यक्ति बन्द गर्न नेताहरूलाई मानव अधिकार आयोगको ध्यानाकर्षण
प्रथम लालबन्दी मेयर गोल्डकप प्रतियोगिताको आयव्यय सार्वजनिक
प्रथम लालबन्दी मेयर गोल्डकप प्रतियोगिताको आयव्यय सार्वजनिक
खुट्टाको चोट निको नभई रवि भोलि चितवन जाँदै, फागुनदेखि बालेनसँग संयुक्त दौडाहा
खुट्टाको चोट निको नभई रवि भोलि चितवन जाँदै, फागुनदेखि बालेनसँग संयुक्त दौडाहा
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए पुरस्कार
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए पुरस्कार
कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला
कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला
सुनसरीमा बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते
सुनसरीमा बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते
नाउपाका संरक्षक रेशम चौधरी रिहा
नाउपाका संरक्षक रेशम चौधरी रिहा
खाना खान नदिएको निउमा सर्लाहीमा एक महिलाको ह*त्या
खाना खान नदिएको निउमा सर्लाहीमा एक महिलाको ह*त्या
सरकारद्वारा प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न विभागको चेतावनी
सरकारद्वारा प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न विभागको चेतावनी