२६ जेष्ठ २०८२, आईतवार

गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

 

१७ वैशाख, काठमाडौं ।

गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएका छन् । बुधबार नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाइवाले गृहमन्त्री लेखकलाई भेट्न गृह मन्त्रालय पुगेका हुन् । भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–काश्मिरमा भएको आतंकवादी आक्रमण घटनाको निन्दा गरेका थिए ।  गृहमन्त्री लेखकले उक्त घटना दु:खद भएको बताउँदै आतंकवादी हमलाविरुद्धको घटनामा नेपाल सरकार छिमेकीमित्र भारतसँग रहेको बताए ।

गृहमन्त्री लेखकले नेपाल–भारतबीचको सदियौँदेखिको मित्रवत् सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाइवालेसँग कुराकानी भएको बताए । भेटमा  भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले दुई देशबीचको सम्बन्ध थप सुदृढ गर्दै लैजाने बताए । ‘नेपाल–भारतबीचको सम्बन्ध दृढ छ,’ उनले भने, ‘कुनै पनि विषयले मित्रवत् सम्बन्धमा असर पर्दैन ।’ चौथाइवालेले काश्मिर घटनामा एक नेपाली युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री लेखकमार्फत समवेदनासमेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment