गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १६, २०८२
|
|
२८ पटक हेरिएको
Shares
गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

सारांश

  • सुत्केरी व्यथा लागेकी हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी १६ वर्षीया किशोरीको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
  • सुत्केरी हुन डेढ महिना बाँकीको समय हुँदै गरेकी गर्भवती पुष्पा बोहरा भण्डारीको आज बिहान सदरमुकाम सिमकोटबाट जिल्लाबाहिर उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा प्रतीक्षा भारतीले बताउनुभयो ।
  • आइतबारदेखि एक्कासि उच्च रक्तचाप भएपछि जिल्लामा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल सुर्खेतमा ‘रेफर’ गरिएको प्रमुख भारतीले बताउनुभयो ।

१६ वैशाखः  हुम्ला ।

सुत्केरी व्यथा लागेकी हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी १६ वर्षीया किशोरीको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी हुन डेढ महिना बाँकीको समय हुँदै गरेकी गर्भवती पुष्पा बोहरा भण्डारीको आज बिहान सदरमुकाम सिमकोटबाट जिल्लाबाहिर उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा प्रतीक्षा भारतीले बताउनुभयो ।

आइतबारदेखि एक्कासि उच्च रक्तचाप भएपछि जिल्लामा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल सुर्खेतमा ‘रेफर’ गरिएको प्रमुख भारतीले बताउनुभयो । प्रसवव्यथा लागेकी भण्डारीको जिल्ला अस्पतालमा जाँच गर्दा उच्च रक्तस्राव मात्रै नभएर पेटमा रहेको बच्चाको बसाइ ठाडो हुनुपर्नेमा तेर्सोे भएको र बच्चाको टाउको अगाडि हुनुपर्नेमा साल अगाडि भएकाले जिल्लामा उपकरण, औजारलगायत दक्ष जनशक्ति अभावले जिल्लाबाहिर सुर्खेत उद्धार गरिएको हो । भण्डारीलाई ‘अप्रेसन’ गर्नुपर्ने अवस्था आएको हुनाले सुविधासम्पन्न अस्पताल सुर्खेत पठाइएको हो ।

भण्डारीको उद्धारमा जिल्ला अस्पताल हुम्लाको सिफारिसमा सिमकोट गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कोष कार्यक्रमबाट उद्धार गरिएको हो । हेलिकोप्टरमा उद्धार गरी सुर्खेत पु¥याएलगत्तै उहाँको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । जनशक्ति र उपकरणको व्यवस्था नहुँदा हुम्लाका सुत्केरी व्यथा लागेकी गर्भवतीका लागि यो कार्यक्रम वरदान साबित हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोडफोड र आगजनीमा पार्टीका कार्यकर्ताको संलग्नता भेटिए कारबाही गछौँ :माओवादी
तोडफोड र आगजनीमा पार्टीका कार्यकर्ताको संलग्नता भेटिए कारबाही गछौँ :माओवादी
कांग्रेसबाहेक अरू दलको अर्थनीति नै छैन : मन्त्री पौडेल
कांग्रेसबाहेक अरू दलको अर्थनीति नै छैन : मन्त्री पौडेल
विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा
विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
काठमाडौं महानगरले माग्यो १०८ जना कर्मचारी
काठमाडौं महानगरले माग्यो १०८ जना कर्मचारी
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक पाए विश्वासको मत
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक पाए विश्वासको मत
मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध छौँ : डिपि अर्याल
मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध छौँ : डिपि अर्याल
इटालियन पेस्तोल र २५ राउण्ड गोलीसहित एक जना पक्राउ
इटालियन पेस्तोल र २५ राउण्ड गोलीसहित एक जना पक्राउ
एसईईमा मधेश प्रदेशका ३१ हजार विद्यार्थी नन् ग्रेडेड
एसईईमा मधेश प्रदेशका ३१ हजार विद्यार्थी नन् ग्रेडेड
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन