२३ माघ २०८२, बिहीबार

राजदेवी मन्दिरमा यस वर्ष १५ हजार २ सय ५१ बोकाको बली

जनकपुरधाम। जनकपुरधामको राजदेवी मन्दिरमा यसवर्ष १५ हजारभन्दा बढी बोकाको बली दिइएको छ। यसवर्ष राजदेवी मन्दिरमा १५ हजार २ सय ५१ बोकाको बली दिइएको महावीर युवा कमिटीले जनाएको छ ।

निशा पूजा सम्पन्न भएलगत्तै सोमबार राति ८ बजेर २० मिनेटदेखि सुरु भएको बली प्रदान सोमबार बिहान ४ बजेर ५ मिनेटसम्म चलेको कमिटीका अध्यक्ष अजय गुप्ताले जानकारी दिए ।

बली प्रदानका लागि नेपालको विभिन्न जिल्लासहित सीमावर्ती क्षेत्र भारतबाट समेत ठूलो संख्यामा श्रद्धालुभक्तजन आइतबार दिउँसैदेखि लाइनमा लागेका थिए ।

छुटाउनुभयो कि ?