कैलालीमा रुखबाट खसेर एक जनाको मृत्यु

१४ वैशाख, धनगढी ।
कैलालीमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ का ४० वर्षीय विष्णु चौधरीको शनिबार रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले शनिबार दिउँसो लिप्टिसको हाङ्गा काट्ने क्रममा खसेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे । उनकाअनुसार चौधरीको नेपालगञ्ज सेवा नर्सिङ होममा मृत्यु भएको हो ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment