लुम्बिनीका मन्त्री र सांसदले बहिष्कार गरे प्रधानमन्त्री ओली सहभागी कार्यक्रम

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १३, २०८२
|
|
३३ पटक हेरिएको
Shares
लुम्बिनीका मन्त्री र सांसदले बहिष्कार गरे प्रधानमन्त्री ओली सहभागी कार्यक्रम

सारांश

  • लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रम प्रदेशका मन्त्री र सांसदहरूले बहिष्कार गरेका छन् ।
  • लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र पूर्वमन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनारको उद्घाटन कार्यक्रम बहिष्कार गरेका हुन् ।
  • यो कार्यक्रमको उद्घाटनमा प्रधानमन्त्री ओली पनि सहभागी भएका थिए ।

१३ वैशाख, बुटवल ।

लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रम प्रदेशका मन्त्री र सांसदहरूले बहिष्कार गरेका छन् । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र पूर्वमन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनारको उद्घाटन कार्यक्रम बहिष्कार गरेका हुन् ।

यो कार्यक्रमको उद्घाटनमा प्रधानमन्त्री ओली पनि सहभागी भएका थिए । कार्यक्रममा आफूहरुलाई बस्ने व्यवस्थासमेत नगरी अपमानजनक व्यवहार भएकाले भन्दै मन्त्री ढकाल र आफूले कार्यक्रम बहिष्कार गरेको सांसद गुप्ताले बताए । कार्यक्रम बहिष्कार गरेका गुप्ता लुम्बिनीकै स्थानीय बासिन्दा हुन ।

वैशाख १३ र १४ गते हुने यो कार्यक्रम नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि आयोजना गरिएको हो । कार्यक्रमका लागि चीनको वर्ल्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीले सहकार्य गरेका छन् । संस्कृति तथा पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोषले सहकार्य गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै
एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
मीनबहादुरको समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष
मीनबहादुरको समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष
तातोपानी भन्सार नाकाबाट दशैंका सामान ल्याउन सुरु
तातोपानी भन्सार नाकाबाट दशैंका सामान ल्याउन सुरु
सेप्टिक ट्यांकीमा फसेर तीन मजदुरको मृ*त्यु
सेप्टिक ट्यांकीमा फसेर तीन मजदुरको मृ*त्यु
आजकाे माैसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजकाे माैसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नवनियुक्त कृषिमन्त्री अधिकारीलाई मन्त्रालयको प्रवेशद्वारमै अवरोध
नवनियुक्त कृषिमन्त्री अधिकारीलाई मन्त्रालयको प्रवेशद्वारमै अवरोध
सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा
सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा
बैरो संघको अध्यक्षमा गुरुङ विजयी
बैरो संघको अध्यक्षमा गुरुङ विजयी
बजार अनुगमनः म्याद गुज्रेका सामग्री नष्ट
बजार अनुगमनः म्याद गुज्रेका सामग्री नष्ट