१० श्रावण २०८२, शुक्रबार

एमालेले भन्यो- पछिल्लो ९ महिनामा मात्रै समस्याहरू आएका होइनन्

 

१२ वैशाख, काठमाडौं ।

सत्तारुढ दल नेकपा एमालेले देशमा देखिएका समस्याहरू पछिल्लो सरकारको कारण मात्रै नभएको जिकिर गरेको छ । पार्टीको तर्फबाट शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सांसद गोकर्ण विष्टले समस्याहरू समाधान गर्नेगरी सरकार अघि बढेको बताए । ‘देशमा यी उल्लेखित समस्या र चुनौतीभन्दा बाहेक बहुआयामिक खालका समस्या पैदा भइरहेका छन् ।

केही समस्यामा विश्व अर्थव्यवस्थाका कारण छन् भने केही समस्या आन्तरिक कारण पनि छन्,’ विष्टले भने, ‘यी समस्याहरू केवल ९ महिनाको सरकारको अवधिमा पैदा भएका होइनन् । यी समस्याहरू लामो समयदेखि थुप्रिएका समस्याहरू सामना गर्नेगरी सरकार अघि बढेको छ ।’ तर, चुनौतीका पहाडलाई केवल ९ महिनाको अभ्यास र कार्यान्वयनले परिणाममा पुर्‍याउन नसक्ने उनले बताए । ‘तर, चुनौतीका पहाडलाई केवल ९ महिनाको अभ्यास र कार्यान्वयनले परिणाममा पुर्‍याउने वा सफलता प्राप्त गर्ने कुरा नहुन सक्छ,’ उनले भने, ‘यो कुरा संसद् र आम दाजुभाई दिदीबहिनीले गम्भीर रुपमा सोच्नुपर्ने अवस्था छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?