Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
४५ पटक हेरिएको
Shares
सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण

सारांश

  • मन्त्रालयमा आज आयोजित एक समारोहबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई खोप हस्तान्तरण गर्नुभएको हो ।
  • भारत सरकारले पहिलो चरणमा १७ हजार ३० भाइल खोप प्रदान गरेको हो ।
  • इन्फ्लुएञ्जा, सालमोनेला, मेनिनगोकोकोस, हेमोफिलियस इन्फ्लुएञ्जा र स्टे«पटोकोकस गरी पाँच प्रकारका खोप प्रदान गरिएको हो ।

 

१२ वैशाखः  काठमाडौँ,  

नेपाल सरकारलाई भारतबाट प्राप्त सिकलसेल एनिमिया र थालसेमियाको उपचारमा प्रयोग हुने खोप हस्तान्तरण गरिएको छ । मन्त्रालयमा आज आयोजित एक समारोहबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई खोप हस्तान्तरण गर्नुभएको हो । भारत सरकारले पहिलो चरणमा १७ हजार ३० भाइल खोप प्रदान गरेको हो । इन्फ्लुएञ्जा, सालमोनेला, मेनिनगोकोकोस, हेमोफिलियस इन्फ्लुएञ्जा र स्टे«पटोकोकस गरी पाँच प्रकारका खोप प्रदान गरिएको हो । यी खोपले सिकलसेल एनिमिया र थालसेमिया सङ्क्रमणको जोखिमलाई घटाउन मद्दत गर्छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा कूल जनसङ्ख्याको करिब १२ प्रतिशत मानिसमा यो समस्या छ । विशेषगरी थारु समुदायमा यो रोग देखिएकाले प्राप्त खोपबाट ती समुदाय लाभान्वित हुने उहाँले बताउनुभयो । “हामीले टीकापुर र गेटा अस्पतालमा पनि सिकलसेलको उपचारका लागि तयारी गरेका छौँ । भारतले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछौँ । हाल प्राप्त यस सहयोगले लक्षित समुदाय लाभान्वित हुनेछन् । ”, मन्त्री पौडेलले भन्नुभयो । भारतीय राजदूत श्रीवास्तवले अर्को चरणमा करिब चार हप्तामा थप औषधि आउने बताउनुभयोे । उहाँले भन्नुभयो, “अप्ठ्यारो परेका बेला भारतले जहिल्यै सहयोग गर्दै आएको छ । मन्त्रीज्यूको अनुरोधमा यो सहयोग गरेको हौँ । यी औषधि र खोपले थारु समुदायलाई सहयोग हुने अपेक्षा गरेका छौँ । केही समय पहिला दुई सय डायलाइसिस मेसिन सहयोग गरेका थियौँ । क्यान्सरको औषधि पनि सहयोग गर्ने तयारीमा छौँ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई प्रभु साहको प्रश्न : के को आधारमा नागरिकले कर तिर्ने ?
सरकारलाई प्रभु साहको प्रश्न : के को आधारमा नागरिकले कर तिर्ने ?
दाङमा टिपरको ठक्करबाट‌ एकको मृत्यु, आफन्तले गरे घोराही–तुलसीपुर सडक अवरुद्ध
दाङमा टिपरको ठक्करबाट‌ एकको मृत्यु, आफन्तले गरे घोराही–तुलसीपुर सडक अवरुद्ध
उत्तरपुस्तिका हराएका त्रिविका दुई विषयको परीक्षा चैत २१ मा हुने
उत्तरपुस्तिका हराएका त्रिविका दुई विषयको परीक्षा चैत २१ मा हुने
नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउन हिन्दु सम्राट सेनाको बृहत सम्मेलन
नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउन हिन्दु सम्राट सेनाको बृहत सम्मेलन
निष्क्रिय भए ३० वटा विधेयक
निष्क्रिय भए ३० वटा विधेयक
मेलाबाट फर्किँदै गरेका युवकमाथि गो*ली प्र*हार, आरोपी तत्कालै पक्राउ
मेलाबाट फर्किँदै गरेका युवकमाथि गो*ली प्र*हार, आरोपी तत्कालै पक्राउ
जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको छ :दुर्गा प्रसाईँ
जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको छ :दुर्गा प्रसाईँ
१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी
१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी
सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन
सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन
लुम्बिनीमा उपकुलपतिहरूको अन्तर्राष्ट्रिय सम्मेलन
लुम्बिनीमा उपकुलपतिहरूको अन्तर्राष्ट्रिय सम्मेलन