२६ जेष्ठ २०८२, आईतवार

ओभरटेक गर्ने क्रममा सन्तुलन गुमाउँदा बस दुर्घटना

 

११ वैशाख, काठमाडौं-

काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको बस कैलालीमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ स्थित सडक खण्डमा बिहीवारर बिहान सुप–प्र ०१००१ ख ३३८५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो।

बसले सुप–प्र ०१००२ त ४६४० नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा सन्तुलन गुमाउँदा दुर्घटना भएको प्रहरीको भनाई छ । दुर्घटनामा घाइते भएका १३ जनाको स्थानीय निशर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?