Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

तीनकुने घटना : दुर्गां प्रसाईंसहितका व्यक्तिमाथि पुनः म्याद थप हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
४९ पटक हेरिएको
Shares
तीनकुने घटना : दुर्गां प्रसाईंसहितका व्यक्तिमाथि पुनः म्याद थप हुँदै

सारांश

  • तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेकाहरूलाई आज बुधबार पुनः म्याद थप गर्न लागिएको छ ।
  • राजावादी प्रदर्शनका जनकमान्डर तोकिएका दुर्गा प्रसाईंसहितका व्यक्तिमाथि म्याद थप गर्न जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ ।
  • प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई दोस्रो पटक म्याद थप गर्न लागिएको हो ।

 

१० वैशाख, काठमाडौं ।

तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेकाहरूलाई आज बुधबार पुनः म्याद थप गर्न लागिएको छ ।राजावादी प्रदर्शनका जनकमान्डर तोकिएका दुर्गा प्रसाईंसहितका व्यक्तिमाथि म्याद थप गर्न जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ । प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई दोस्रो पटक म्याद थप गर्न लागिएको हो ।

उनीहरूविरुद्ध पहिलो पटक २९ चैतमा काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद थप भएको थियो । तीनकुने घटनामा नै पक्राउ परेका रवीन्द्र मिश्रलगायत २० जनाविरुद्ध २६ चैतमा १५ दिनको म्याद थप भएको थियो । उनीहरूसँगै म्याद मिलान गर्न प्रसाईंलाई १२ दिन म्याद थप भएको थियो । अहिले पुनः उनीहरूलाई म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । पक्राउ परेकाहरूको धमाधम बयान भइरहेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेले बताए । उनका अनुसार बयानको काम अन्तिम चरणमा पुगेको छ । अहिले परिसरको हिरासतमा ६४ जना छन् । अहिलेसम्म पक्राउ परेका मध्ये ८५ जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको थियो । उनीहरूमध्ये २१ जनालाई भने हाजिरी जमानीमा रिहा गरेर अनुसन्धान गरिएको छ । तर हाजिरी जमानीमा छाडिएकाहरूलाई मुद्दा भने चलाइने प्रहरीले बताएको छ ।

 

दुर्गा प्रसाईंको नेतृत्वमा १५ चैतमा भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो । पत्रकारसहित दुई जनाको मृत्यु भएको तीनकुने घटनाको मुख्य योजनाकार प्रसाईं भारतको आसामबाट २८ चैतमा पक्राउ परेका थिए । २९ चैतमा काठमाडौं ल्याएर उनीमाथि अनुसन्धान अघि बढाइएको छ । झापाको बिर्तामोड नगरपालिका–५ का ५४ वर्षीय विवादास्पद व्यक्ति प्रसाईंले पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ चलाइरहेका थिए । उनैको महाअभियानलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १५ चैतमा तीनकुनेमा सभा गर्नका लागि अनुमति दिएको थियो । राजा फर्काउने दाबी गर्दै १५ चैतमा प्रसाईंको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भएको थियो । तर उक्त प्रदर्शन हिंसात्मक बन्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारागारभित्रै सीप सिकेर कमाउँछ कैदीबन्दीहरू
कारागारभित्रै सीप सिकेर कमाउँछ कैदीबन्दीहरू
सुदूरपश्चिम सरकारद्वारा एक करोड आर्थिक सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा
सुदूरपश्चिम सरकारद्वारा एक करोड आर्थिक सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा
दुर्गा प्रसाईँलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश
दुर्गा प्रसाईँलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश
संसद्‌मा गोकुलको प्रश्न- सरकारले सुन्दैन, शून्य समयको के काम ?
संसद्‌मा गोकुलको प्रश्न- सरकारले सुन्दैन, शून्य समयको के काम ?
झापा–५ : बालेनले ४२ हजार भन्दाबढी मत प्राप्त गर्दा ओली ११ हजारमा सिमित
झापा–५ : बालेनले ४२ हजार भन्दाबढी मत प्राप्त गर्दा ओली ११ हजारमा सिमित
शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’
शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’
आज सुनको मूल्य तोलामा ३ सयले बढ्याे
आज सुनको मूल्य तोलामा ३ सयले बढ्याे
खराब मौसमका कारण एक दर्जन आन्तरिक उडान प्रभावित
खराब मौसमका कारण एक दर्जन आन्तरिक उडान प्रभावित
रवि लामिछाने तारेखका लागि काठमाडौं जिल्ला अदालतमा
रवि लामिछाने तारेखका लागि काठमाडौं जिल्ला अदालतमा
छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा
छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा