Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

‘ट्रयाक’ खोलेको २६ वर्षपछि कालोपत्र गरिँदै ओढारचौर–ढोडेनी सडक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
३५ पटक हेरिएको
Shares
‘ट्रयाक’ खोलेको २६ वर्षपछि कालोपत्र गरिँदै ओढारचौर–ढोडेनी सडक

सारांश

  • बागलुङको ओढारचौर–ढोडेनी सडक ट्रयाक खुलेको २६ वर्षपछि स्तरोन्नति हुन थालेको छ ।
  • विसं २०५६ मा स्थानीयले गैँची र कोदालोको सहायताले ट्रयाक खोलेको सडक साढे दुई दशकपछि स्तरोन्नति हुन थालेको हो ।
  • तत्कालीन जिल्ला विकास समितिले विनियोजन गरेको रु पाँच लाख र ढोडेनीका स्थानीयले २०५६ सालमा ३६ दिनसम्म श्रमदान गरेर निर्माण गरेको सडक आगामी असार महिनाभित्र कालोपत्र हुने गरी धमाधम काम भइरहेको छ ।

 

१० वैशाखः  बागलुङ ।

बागलुङको ओढारचौर–ढोडेनी सडक ट्रयाक खुलेको २६ वर्षपछि स्तरोन्नति हुन थालेको छ । विसं २०५६ मा स्थानीयले गैँची र कोदालोको सहायताले ट्रयाक खोलेको सडक साढे दुई दशकपछि स्तरोन्नति हुन थालेको हो । तत्कालीन जिल्ला विकास समितिले विनियोजन गरेको रु पाँच लाख र ढोडेनीका स्थानीयले २०५६ सालमा ३६ दिनसम्म श्रमदान गरेर निर्माण गरेको सडक आगामी असार महिनाभित्र कालोपत्र हुने गरी धमाधम काम भइरहेको छ ।

विश्व बैंकले नेपाल सरकारलाई उपलब्ध गराएको ऋणबाट बागलुङ नगरपालिकाले तीन वटा सडक कालोपत्र गर्न रु ५८ करोड अनुदान पाएको थियो । उक्त बजेटबाट कालोपत्र गर्नका लागि बागलुङ नगरपालिकाले ओढारचौर–ढोडेनी फोर्से सडकसँगै वडा नम्बर १ गणेशथान घुम्ती–माझीबस्ती–निरयघाट सडक र वडा नम्बर ७ को मूलपानी स्कुल हर्राचौर कालीमाटी–तितौरे सडक छनोट गरेको थियो । नगरपालिकाले ०८१ जेठ १५ गते आशिष÷फेवा जेवीसँग १२.५ किलोमिटर सडक कालोपत्र गर्न रु ४९ करोड २१ लाखमा २०८२ असार ३० भित्रमा निर्माण सक्ने गरी सम्झौता गरेको थियो । लामो समयपछि सडक कालोपत्र हुने भएपछि स्थानीय खुसी भएका छन् । बागलुङ–४ ढोडेनीका प्रेमप्रसाद आचार्यले २६ वर्ष अगाडि आफू ५४ वर्षको उमेर हुँदा कम्मरमा लट्ठा बाँधेर गँैची र कोदालोले ओढारचौरको पहरो फोडेर सडक निर्माण गरेको स्मरण गर्नुभयो ।

आफुले भोगेको दुखः छोरानातिले नभोगुन भनेर त्यो बेला स्थानीय एकजुट भएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “उति बेला अहिलेको जस्तो मेसिनको सुविधा थिएन, हामीहरुले पहरोमा गल गाडेर, गलमा लट्ठो बाँधेर त्यही लट्ठो कम्मरमा बाँधी झुन्डिएर भिर काटेर डोरेटो खनेका थियौँ, आचार्य भन्नुभयो”, अहिले “म ७९ वर्षको भए, बाटो बन्न २६ वर्ष लाग्यो ।” अहिले उक्त सडकमा नाली बनाउने, पर्खाल लगाउनेलगायतका काम सकिएको निर्माण कम्पनीका इञ्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । वैशाख महिनाभित्रै कालोपत्र समेत गरिसक्ने गरी काम भइरहेको शर्माले बताउनुभयो । काम सुरु गरेको पाँच महिनामा संरचना निर्माणको ९५ प्रतिशत काम सकिएको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बर्दियामा गोहीको आक्रमणबाट एक जनाको मृ*त्यु
बर्दियामा गोहीको आक्रमणबाट एक जनाको मृ*त्यु
२७८० अंकमा सेयर बजार, चम्कियो निर्जीवन बीमा
२७८० अंकमा सेयर बजार, चम्कियो निर्जीवन बीमा
बालबालिकासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुपर्नेमा सांसदहरुको जोड
बालबालिकासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुपर्नेमा सांसदहरुको जोड
तोलामा २१ सय घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?
तोलामा २१ सय घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?
म्यानमार छाडेर बङ्गलादेश भागिरहेका रोहिंग्यामाथि ड्रोन हमला, २०० भन्दा धेरैको मृत्यु
म्यानमार छाडेर बङ्गलादेश भागिरहेका रोहिंग्यामाथि ड्रोन हमला, २०० भन्दा धेरैको मृत्यु
सर्लाहीसहित यी ६५ जिल्लामा आकस्मिक बाढीको सम्भावना
सर्लाहीसहित यी ६५ जिल्लामा आकस्मिक बाढीको सम्भावना
आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि साधारणतया बदली रहने
आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि साधारणतया बदली रहने
राष्ट्रिय सभा उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने
राष्ट्रिय सभा उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा
कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा