नेपाल आइपुगे चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
३६ पटक हेरिएको
Shares
नेपाल आइपुगे चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस

सारांश

  •   ब्राजिलका चर्चित फुटबलर रोबर्टाे कार्लाेस नेपाल आइपुगेका छन् ।
  • कार्लोसलाई आज आयोजक एनएसएलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।
  • कार्लोसले नेपाल आउँदा खुशी लागेको बताएका थिए।
 
९ वैशाख, काठमाडौँ । 

ब्राजिलका चर्चित फुटबलर रोबर्टाे कार्लाेस नेपाल आइपुगेका छन् । कार्लोसलाई आज आयोजक एनएसएलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। कार्लोसले नेपाल आउँदा खुशी लागेको बताएका थिए। उनले भोलि त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने दोस्रो क्वालिफायर रङ्गशालामा पुगेर खेल हेर्ने एनएसएलले जनाएको छ।

रोबर्टाे कार्लाेसले आजै ठमेलको एलओडी क्लबमा पनि विशेष उपस्थिति जनाउने छन्। सन् २००२ मा ब्राजिलले विश्व कप जित्दा कार्लाेस प्रमुख खेलाडी थिए । कार्लाेसले १ सय २५ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन् । यस्तै उनले क्लबबाट ७५६ खेलमा ९७ गोल गरेका छन् । रियल म्याड्रिड र ब्राजिलियन राष्ट्रिय टोलीका पूर्व खेलाडी समेत रहिसकेका कार्लोस फुटबल इतिहासका सबैभन्दा प्रशंसित डिफेन्डरमध्ये एक हुन् ।

फिफा विश्वकप र चार ला लिगा उपाधिहरूसहित दुई दशकभन्दा लामो व्यावसायिक फुटबल खेलका उनले विश्वभरका लाखौँ फुटबल प्रेमीहरूलाई प्रेरित गरेका छन् । उनी एक गाला डिनर, एक विशेष भेटघाट र अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । उनको परिस्थितिबाट एनएसएल मञ्चमा जोस र उत्साह छाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाडी बुझाएको हो, राजीनामा दिएको होइन: उपसभामुख राना
गाडी बुझाएको हो, राजीनामा दिएको होइन: उपसभामुख राना
लुम्बिनी प्रदेश सभाः राजश्व संकलनसम्बन्धी विधेयक पारित
लुम्बिनी प्रदेश सभाः राजश्व संकलनसम्बन्धी विधेयक पारित
पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते
पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते
आहा रारा पोखरा गोल्कपको उपाधि उज्वेकिस्तानी टिमलाई, फाइनलमा पुलिस पराजित
आहा रारा पोखरा गोल्कपको उपाधि उज्वेकिस्तानी टिमलाई, फाइनलमा पुलिस पराजित
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
इस्लाम धर्मावलम्बी आज इद-उल-जोहा मनाउँदै
इस्लाम धर्मावलम्बी आज इद-उल-जोहा मनाउँदै
अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प, एक हप्तामा ४०० धक्का
अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प, एक हप्तामा ४०० धक्का
चितवनमा युवक कुट्ने प्रहरी निलम्बित
चितवनमा युवक कुट्ने प्रहरी निलम्बित
काठमाडौंको तारकेश्वरमा खोलाले बगाउँदा १ बालक बेपत्ता
काठमाडौंको तारकेश्वरमा खोलाले बगाउँदा १ बालक बेपत्ता
संसदमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस हुँदै
संसदमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस हुँदै