सर्लाहीका किसानलाई ५३२ घार मौरी वितरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
३२ पटक हेरिएको
Shares
सर्लाहीका किसानलाई ५३२ घार मौरी वितरण

सारांश

  •   सर्लाहीका व्यावसायिक मौरीपालक किसानलाई मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको छ ।
  • सोमबार एक कार्यक्रमकाबीच जिल्लाका २८ मौरीपालक व्यावसायिक किसानलाई मौरीको घार वितरण गरिएको हो ।
  • नेपाल मौरीपालक किसान महासंघ सर्लाहीको सहकार्यमा मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको उपआयोजना कार्यान्वयन समितिका अध्यक्ष रवि कडरियाले बताए ।

 

९ वैशाख, सर्लाही । 

सर्लाहीका व्यावसायिक मौरीपालक किसानलाई मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच जिल्लाका २८ मौरीपालक व्यावसायिक किसानलाई मौरीको घार वितरण गरिएको हो । नेपाल मौरीपालक किसान महासंघ सर्लाहीको सहकार्यमा मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको उपआयोजना कार्यान्वयन समितिका अध्यक्ष रवि कडरियाले बताए । उनका अनुसार मौरीपालक किसानको व्यावसायिक विकासका लागि ग्रामीण उद्यम तथा विकास आयोजना बर्दिवासको रिड परियोजनाले अनुदानमा विभिन्न सामग्री उपलब्ध गराएको हो ।

प्राप्त सामग्री औपचारिक कार्यक्रमकाबीच किसानलाई वितरण गरिएको महासङ्घका अध्यक्ष डम्बरदेव पाण्डेले बताए । उनका अनुसार जिल्लाको चुरे क्षेत्रअन्तर्गत लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाका गरी २८ जना किसानलाई परियोजनाले समेटेको छ । ४६ प्रतिशत अनुदानमा प्रतिकिसान १९ घार, १९ स्टैण्ड, १९ फिल्टर, एउटा टोपी, १९ किलो आधार चाका र एक जोडी पञ्जा वितरण गरिएको पाण्डेले जानकारी दिए । किसान हेमराज देवकोटाले २८ किसानका लागि सामूहिक आधार चाका निर्माणका लागि एक थान मेसिनसमेत प्राप्त भएको मौरीपालक बताए । किसानको वृत्तिविकासका लागि परियोजनाले पहिलो चरणमा पाँच सय ३२ वटा मौरीको घार वितरण गरेको अध्यक्ष पाण्डेले बताए । उक्त सामग्री हरिवन नगरपालिकाकी प्रमुख हरिमाया घलानले किसानलाई वितरण गरेका हुन् । यस कार्यक्रमले किसानको दिगो विकासमा टेवा पुर्‍याउने उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?