Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
४२ पटक हेरिएको
Shares
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

सारांश

  •   नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।
  • आज नेप्से परिसूचक सात दशमलव ७५ अङ्कले घटेर दुई हजार छ सय ९८ दशमलव २८ को बिन्दुमा कायम भएको हो ।
  • आज विभिन्न तीन सय १९ कम्पनीका दुई करोड १२ लाख तीन हजार सात सय ६६ कित्ता शेयर ७८ हजार छ सय ७८ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ७७ करोड ५७ लाख २० हजार दुई सय ९३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

८ वैशाख, काठमाडौँ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव ७५ अङ्कले घटेर दुई हजार छ सय ९८ दशमलव २८ को बिन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय १९ कम्पनीका दुई करोड १२ लाख तीन हजार सात सय ६६ कित्ता शेयर ७८ हजार छ सय ७८ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ७७ करोड ५७ लाख २० हजार दुई सय ९३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ४३, होटल तथा पर्यटन शून्य दशमलव ०६, जलविद्युत् शून्य दशमलव ७७, लगानी शून्य दशमलव १७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०३ र म्युचुअल फन्ड शून्य दशमलव ४४ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ८५, वित्त एक दशमलव ०३, जीवन बीमा शून्य दशमलव १६, लघुवित्त शून्य दशमलव ११, निर्जीवन बीमा शून्य दशमलव १५, व्यापार एक दशमलव ५२ र अन्य समूह एक प्रतिशतले घटेको छ । नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने एनएमबी हाइब्रिड फन्ड–२ को शेयर मूल्य सात दशमलव ९० प्रतिशत छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रू ५३ करोड ९९ लाख १८ हजार एक सय ७४ बराबरको १५ लाख ९० हजार दुई सय पाँच कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको सही सदुपयोग गर्न नसक्नु हो :मन्त्री तिमल्सिना
नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको सही सदुपयोग गर्न नसक्नु हो :मन्त्री तिमल्सिना
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
लागुऔषध गाँजासहित गाडी नियन्त्रणमा
लागुऔषध गाँजासहित गाडी नियन्त्रणमा
मौसम पूर्वानुमान: यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान: यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना
उद्योगमा लाइन जोड्ने प्राधिकरणको निर्णय
उद्योगमा लाइन जोड्ने प्राधिकरणको निर्णय
रविले हाले कान्तिपुरविरुद्ध मुद्दा
रविले हाले कान्तिपुरविरुद्ध मुद्दा
नेकपा एमालेको मूल व्यवस्थापन समितिको बैठक बस्दै
नेकपा एमालेको मूल व्यवस्थापन समितिको बैठक बस्दै
प्रधानमन्त्रीले उत्कृष्ट सैनिक अधिकृत क्याडेटहरूलाई खुकुरी र छडीद्वारा गरे पुरस्कृत
प्रधानमन्त्रीले उत्कृष्ट सैनिक अधिकृत क्याडेटहरूलाई खुकुरी र छडीद्वारा गरे पुरस्कृत
सञ्चारमाध्यमलाई निसाना बनाउनेलाई कारबाही गर्छौं : गृहमन्त्री लेखक
सञ्चारमाध्यमलाई निसाना बनाउनेलाई कारबाही गर्छौं : गृहमन्त्री लेखक
सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, आज फेरि बन्यो सर्वाधिक महँगो
सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, आज फेरि बन्यो सर्वाधिक महँगो