रविले हाले कान्तिपुरविरुद्ध मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १७, २०८०
|
|
३२ पटक हेरिएको
Shares
रविले हाले कान्तिपुरविरुद्ध मुद्दा

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दर्ता गरेका छन् ।
  • उनले काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गराएका हुन् ।
  •  उनले सामाजिक सञ्जालमार्फत कान्तिपुरविरुद्ध मुद्दा दर्ता गरेको जानकारी दिदै कान्तिपुरले दावी गरेको सहकारी सम्बन्धी आरोपमा आफ्नो कुनै तथ्य नरहेको बताएका छन् ।

१७ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दर्ता गरेका छन् ।

उनले काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गराएका हुन् । उनले सामाजिक सञ्जालमार्फत कान्तिपुरविरुद्ध मुद्दा दर्ता गरेको जानकारी दिदै कान्तिपुरले दावी गरेको सहकारी सम्बन्धी आरोपमा आफ्नो कुनै तथ्य नरहेको बताएका छन् । त्यस्तै उनले भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको समेत जानकारी गराएका छन् ।

उनले लेखेका छन्, ‘एउटा  योद्धा  लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिएरदेखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो।  मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु।’ 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनमा सुनचाँदी पसलमा लुटपाट, ४ जना पक्राउ
चितवनमा सुनचाँदी पसलमा लुटपाट, ४ जना पक्राउ
यी दुई महिला सशस्त्र प्रहरीले गरे सगरमाथाको सफल आरोहण
यी दुई महिला सशस्त्र प्रहरीले गरे सगरमाथाको सफल आरोहण
यस्तो रहने छ आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
यस्तो रहने छ आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
सिराहा–१ मा रास्वपाका बब्लु गुप्ताको शानदार जित
सिराहा–१ मा रास्वपाका बब्लु गुप्ताको शानदार जित
तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य
तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य
आज साउने संक्रान्ति, शिवालयमा घुइँचो
आज साउने संक्रान्ति, शिवालयमा घुइँचो
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
जनमतबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्री बनेका शतिस सिंहलाई एमालेले दियो प्रतिनिधिसभाको टिकट
जनमतबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्री बनेका शतिस सिंहलाई एमालेले दियो प्रतिनिधिसभाको टिकट
आजको मौसम : कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
आजको मौसम : कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
अधिक तरलता कायमै, आज फेरि ४२ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
अधिक तरलता कायमै, आज फेरि ४२ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक