प्रहरी जवानको नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
२८ पटक हेरिएको
Shares
प्रहरी जवानको नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ

सारांश

  • प्रहरी जवानको परीक्षा दिँदै गरेकी एक नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ परेकी छिन् ।
  • पक्राउ पर्नेमा धनकुटा नगरपालिका–५ घर भएकी १९ वर्षीया ज्ञानुता विश्वकर्मा छिन् ।
  • उनलाई पोखरा महानगरपालिका–७ पार्दीस्थित लोक सेवा आयोगको कार्यालयमा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

 

८ वैशाख, काठमाडौं ।

प्रहरी जवानको परीक्षा दिँदै गरेकी एक नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–५ घर भएकी १९ वर्षीया ज्ञानुता विश्वकर्मा छिन् । उनलाई पोखरा महानगरपालिका–७ पार्दीस्थित लोक सेवा आयोगको कार्यालयमा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनले प्रहरी जवानको परीक्षा दिइरहेकी थिइन् । अर्कैको नाममको प्रवेशपत्रमा आफ्नो फोटो टाँस गरेर परीक्षा दिएको आरोपमा उनी पक्राउ परेकी हुन् । उनीविरुद्ध कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ