राजेन्द्र लिङदेनसहितका राप्रपा सांसदहरु चार घण्टापछि रिहा
७ वैशाख, काठमाडौं ।
प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु चार घण्टापछि रिहा भएका छन् ।उनीहरुले सिंहदरबारमा प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पक्राउ परेको थिए । उनीहरु करिब ४ घण्टापछि छाडिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
Post Comment