Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राप्रपा नेताहरुलाई रिहा गर्न माग गर्दै नाराबाजी, माइतीघरतर्फ लाग्यो जुलुस

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ७, २०८२
|
|
४६ पटक हेरिएको
Shares
राप्रपा नेताहरुलाई रिहा गर्न माग गर्दै नाराबाजी, माइतीघरतर्फ लाग्यो जुलुस

सारांश

  • प्रहरी नियन्त्रणमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुलाई रिहा गर्न माग गर्दै प्रदर्शनकारीहरुले नाराबाजी गरेका छन् ।
  • राप्रपा अध्यक्ष लिङ्देन र प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई प्रहरीले सिंहदरबार परिसरभित्रबाट नियन्त्रणमा लिएको थियो ।
  • उनीहरुलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ ।

 

७ वैशाख, काठमाडौं ।

प्रहरी नियन्त्रणमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुलाई रिहा गर्न माग गर्दै प्रदर्शनकारीहरुले नाराबाजी गरेका छन् । राप्रपा अध्यक्ष लिङ्देन र प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई प्रहरीले सिंहदरबार परिसरभित्रबाट नियन्त्रणमा लिएको थियो । उनीहरुलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएपछि अध्यक्ष लिङ्दनेसहितका नेताहरु माइतीघर–बिजुलीबजार–बानेश्वर सडकखण्डमा आयोजना गरिएको प्रदर्शनमा सहभागी हुन पाएनन् । प्रदर्शनकारीहरु भने माइतीघरतर्फ गइरहेका छन् । उनीहरुले ‘हाम्रा नेता रिहा गर’, ‘हिन्दु राज्य कायम गर’ लगायतका नारा लगाएका छन् । राप्रपाले आज तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने लगायतका माग राखेर काठमाडौंमा प्रदर्शन आयोजना गरेको छ । कार्यकर्ताहरु बिजुलीबजार क्षेत्रमा भेला भएर प्रदर्शन सुरु गरिसक्दा राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु भने सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा थिए ।

प्रहरीले उनीहरुलाई त्यहीँ रोक्ने प्रयास गरेको थियो । त्यसपछि उनीहरुले तीनकुने घटनाको छानबिन र सोही घटनापछि पक्राउ परेका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणालाई रिहा गर्न माग गरेर लेखिएका पम्प्लेट बोकेर दक्षिण गेटबाट बाहिर निस्किन खोजेका थिए । प्रहरीले भने पम्प्लेट खोसेर उनीहरुलाई नियन्त्रणमा लिएको थियो । नेता दीपक सिंहले प्रहरीले पार्टी अध्यक्ष लिङ्देन र प्रमुख सचेतक शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । उनले प्रहरीले गलत काम गरेको भन्दै विरोध समेत गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाइको हत्या आरोपमा भाइ पक्राउ
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बस्ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बस्ने
आइतबार ‘निजामती सेवा दिवस’ मनाइँदै, उत्कृष्ट ४१ कर्मचारीहरू पुरस्कृत हुने
आइतबार ‘निजामती सेवा दिवस’ मनाइँदै, उत्कृष्ट ४१ कर्मचारीहरू पुरस्कृत हुने
संसद्को हिउँदे अधिवेशन बस्नुअघि विपक्षी दलहरू बसेर साझा धारणा बनाउँछौं : अध्यक्ष प्रचण्ड
संसद्को हिउँदे अधिवेशन बस्नुअघि विपक्षी दलहरू बसेर साझा धारणा बनाउँछौं : अध्यक्ष प्रचण्ड
म्हैपीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
म्हैपीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
हामीले खोजेको चिज एउटा थियो, भइदियो अर्को: दुर्गा प्रसाईँ
हामीले खोजेको चिज एउटा थियो, भइदियो अर्को: दुर्गा प्रसाईँ
रुसद्वारा युक्रेनी सैन्य स्थलहरूमा आक्रमण
रुसद्वारा युक्रेनी सैन्य स्थलहरूमा आक्रमण
सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने
सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने
१२ मुलुकमा चौधरीका होटल,२ करोड डलरको हिसाब बाहिरै
१२ मुलुकमा चौधरीका होटल,२ करोड डलरको हिसाब बाहिरै
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भए डा. श्रेष्ठ
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भए डा. श्रेष्ठ