काँग्रेस र एमालेबीचको सम्बन्धमा कुनै समस्या छैन : गृहमन्त्री लेखक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख ६, २०८२
|
|
३४ पटक हेरिएको
Shares
काँग्रेस र एमालेबीचको सम्बन्धमा कुनै समस्या छैन : गृहमन्त्री लेखक

सारांश

  • गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दलहरू नेपाली काँग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन् ।
  • नेपाल प्रेस युनियन कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यकममा  उनले दल एवम् सत्ता साझेदारीमा कुनै समस्या नभएको भन्दै सरकार पनि नढल्ने स्पष्ट पारेका हुन् ।
  • सरकार सहमतिका साथ नै अघि बढीरहेको भन्दै उनले भने, ‘साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनु परेको छ ।

६ वैशाख, पोखरा ।

गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दलहरू नेपाली काँग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यकममा  उनले दल एवम् सत्ता साझेदारीमा कुनै समस्या नभएको भन्दै सरकार पनि नढल्ने स्पष्ट पारेका हुन् । सरकार सहमतिका साथ नै अघि बढीरहेको भन्दै उनले भने, ‘साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनु परेको छ ।’ पछिल्ला समयमा संविधानका साथै संघीय लोकतान्त्रि गणतन्त्र विरोधी गतिविधिहरू देखा परिरहेको बताउँदै उनले संविधान विरोधी एवम् लोकतन्त्र विरोधी गतिविधि जनताले नरोज्ने स्पष्ट पारे । लोकतन्त्रमा स्वतन्त्र प्रेस तथा सञ्चारमाध्यम रहने उल्लेख गर्दै लोकतन्त्र विरोधीहरूको पहिलो प्रहार नै सञ्चार माध्यम माथि हुने गरेको हामीले विगतमा भोगिसकेको उल्लेख गरे ।

अघिल्लो पुस्तका साथै बर्तमान पुस्ताको अथक प्रयासबाट बर्तमान संविधान बनेको उल्लेख गर्दै उनले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताए । नेपालमा सात दशकको अन्तरालमा सातवटा संविधान बन्नुले अस्थिरतालाई देखाउने बताउँदै उनले वर्तमान संविधानलाई पनि अन्त्य गरी मुलुकलाई पुन अँध्यारोतर्फ धकेल्न नदिइने उल्लेख गरे । लोकतन्त्रमा कमीकमजोरीलाई पनि सुधार गर्दै जान सकिने बताउँदै उनले यसमा नागरिक सर्वोपरि हुने स्पष्ट पारे । संविधान विरोधी गतिविधिका माध्यमबाट अराजकता, वितण्डा मच्चाउन खोज्ने प्रबृत्तिलाई राजनीतिक रुपमा जवाफ दिनुका साथै कानुन बमोजिम पनि अघि बढीने उनको भनाइ छ । आमाको नाममा नागरिकता प्रदान गर्ने सम्बन्धमा विधेयक अघि बढाइसकिएको बताउँदै उनले यो समस्या चाँडै नै समाधान हुने विश्वास व्यक्त गरे ।

आँफू गृहमन्त्रालयको जिम्मेवारी सम्हाले यताको नौ महिनाको अवधिमा कानुनी एवम् नीतिगत व्यवस्थालाई प्रभावकारी बनाउनेतर्फ लागेको उनले जानकारी दिए ।  आवश्यक विभिन्न कानुनहरू संसदमा प्रस्तुत हुने गरी तयारी भएको उहाँले जानकारी दिए । अपराध नियन्त्रण, लागु औषध, आत्महत्या, साइबर अपराध जस्ता विभिन्न चुनौतीको सामना गर्ने कुरामा सरकार दृढ रुपमा अघि बढेको उनले जानकारी दिए । गभर्नर नियुक्ति लगायतका विषयमा समस्या नरहेको भन्दै उनले सही व्यक्तिलाई सही स्थानमा ल्याइने बताए । शिक्षककका मागलाई सम्बोधन गर्ने सम्बन्धमा सरकार प्रतिवद्ध भएको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
सर्वसाधारणका लागि काठमाडौं उपत्यकामा प्रहरीले चलायो बस
सर्वसाधारणका लागि काठमाडौं उपत्यकामा प्रहरीले चलायो बस
काठमाडौंमा माघ २४ गते विरोधसभा गर्ने समाजवादी मोर्चाको निर्णय
काठमाडौंमा माघ २४ गते विरोधसभा गर्ने समाजवादी मोर्चाको निर्णय
माइतीघरमा निषेधाज्ञा विरुद्ध सर्वोच्चमा रिट
माइतीघरमा निषेधाज्ञा विरुद्ध सर्वोच्चमा रिट
जर्मनीमा आयोजित महोत्सवमा छुरा आक्रमण : तीन जनाको मृत्यु, चार घाइते
जर्मनीमा आयोजित महोत्सवमा छुरा आक्रमण : तीन जनाको मृत्यु, चार घाइते
काठमाडौंमा विशेष सुरक्षा प्रबन्ध, ड्रोनबाट निगरानी
काठमाडौंमा विशेष सुरक्षा प्रबन्ध, ड्रोनबाट निगरानी
इन्टरपोलबाट रेड नोटिस जारी भएका बलात्कार आरोपी पक्राउ
इन्टरपोलबाट रेड नोटिस जारी भएका बलात्कार आरोपी पक्राउ
जागिरबाट निकालिएका गाडी चालकले गरे पानी फ्याक्ट्रीका म्यानेजरको हत्या
जागिरबाट निकालिएका गाडी चालकले गरे पानी फ्याक्ट्रीका म्यानेजरको हत्या
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन
सौर्य विमान दुर्घटना: पाँच शव परिवारले बुझे
सौर्य विमान दुर्घटना: पाँच शव परिवारले बुझे