Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३, २०८२
|
|
१२५ पटक हेरिएको
Shares
कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा

सारांश

  • ‘कोशी प्रदेश लगानी सम्मेलन २०८१’ आगामी वैशाख १८ र १९ गते विराटनगरमा हुने सरकारले औपचारिक रूपमा जानकारी गराएको छ ।
  • बुधवार पत्रकार सम्मेलनको आयोजना गरी सरकारले सम्मेलनबारे जानकारी गराएको हो ।
  • यसअघि सरकारले लगानी सम्मेलनको माध्यमबाट प्रदेशमा लगानी भित्राउने सकिने पहिचान बनाएको सरकारले गत माघमै सम्मेलनको गर्ने योजना बनाएको थियो ।

३ वैशाख, इटहरी ।

‘कोशी प्रदेश लगानी सम्मेलन २०८१’ आगामी वैशाख १८ र १९ गते विराटनगरमा हुने सरकारले औपचारिक रूपमा जानकारी गराएको छ । बुधवार पत्रकार सम्मेलनको आयोजना गरी सरकारले सम्मेलनबारे जानकारी गराएको हो ।
यसअघि सरकारले लगानी सम्मेलनको माध्यमबाट प्रदेशमा लगानी भित्राउने सकिने पहिचान बनाएको सरकारले गत माघमै सम्मेलनको गर्ने योजना बनाएको थियो । प्रदेशको आर्थिक समृद्धि, रोजगारी सिर्जना, र निजी क्षेत्रको सहभागिता अभिवृद्धिका लागि सम्मेलन आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जनाइएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनको तयारी पुरा भएको जानकारी गराए । लगानी सम्मेलनमा मुख्य गरी पर्यटन क्षेत्रका योजनाहरू समेटिएको र त्यसबाहेक उद्योग र आइटी क्षेत्रलाई पनि समेटेको मुख्यमन्त्री कार्कीले जानकारी गराए ।

मुख्यमन्त्री कार्कीले संघीय सरकार सँगको समन्वयमा कानुन संशोधन र आवश्यक पर्ने नीतिहरू संशोधन गर्ने बताए । सम्मेलनले कोशी प्रदेशमा लगानीको वातावरण निर्माण हुने र यसले रोजगारी सिर्जनामा सहयोग हुने बताउँदै लगानी सम्मेलन मार्फत राष्ट्रिय पुँजीको विकास हुने धारणा राखेका छन् । लगानी सम्मेलनमा १ खर्ब ३९ अर्ब रुपैयाँ रुपैयाँको परियोजना सोकेसिङ गर्ने तयारी प्रदेश सरकारको छ । प्रदेश सरकारले ५४ वटा योजनाहरू लगानी सम्मेलनको सोकेसमा राख्ने तय गरेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जनाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले लगानी सम्मेलनका लागि सबै खालका कानुनी अड्चनहरू फुकाउने गरी काम भइरहेको बताए । लगानी प्राधिकरणका कार्यकारी अधिकृत सरोज कोइरालाका अनुसार पर्यटन क्षेत्रमा १५ वटा भौतिक पूर्वाधारमा १४ वटा योजना बनेका छन् । यस्तै लगानी सम्मेलनमा कृषिका ९ उद्योगमा ९ वटा परियोजना समावेश गरिएको छ । यस्तै सूचना प्रविधि क्षेत्रमा २ वटा र वेस्ट म्यानेजमेन्ट क्षेत्रमा २ वट परियोजना सम्मेलनका लागि सोकेसिङ भएको छ । लगानी सम्मेलन मार्फत होटल, रिसोर्ट, वाटर पार्क लगायत समेत योजना सोकेशिङ भएका छन् । यसै गरी सञ्चालनमा रहेका केही परियोजनालाई समेत सोकेशिङमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निरन्तर घट्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
निरन्तर घट्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
नेपाली सेनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवीलाई उच्च राखेको छ : राष्ट्रपति
नेपाली सेनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवीलाई उच्च राखेको छ : राष्ट्रपति
तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते
तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते
पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको हो : शेखर कोइराला
पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको हो : शेखर कोइराला
युएईले नेपाललाई दियो १२९ रनको लक्ष्य
युएईले नेपाललाई दियो १२९ रनको लक्ष्य
श्रीमान् ओछ्यानमै मृ*त फेला, श्रीमती पक्राउ
श्रीमान् ओछ्यानमै मृ*त फेला, श्रीमती पक्राउ
मुलुक परिवर्तन अपरिहार्य छ : सांसद विश्वराज पोखरेल
मुलुक परिवर्तन अपरिहार्य छ : सांसद विश्वराज पोखरेल
भारी मात्रामा प्रतिबन्धित औषधिसहित दमकबाट एक पुरुष पक्राउ
भारी मात्रामा प्रतिबन्धित औषधिसहित दमकबाट एक पुरुष पक्राउ
इनिशा घटनाबारे प्रदेशसभा बैठकमा सांसदहरुको प्रश्न : इनिशाको शव कहिले उठ्छ ?
इनिशा घटनाबारे प्रदेशसभा बैठकमा सांसदहरुको प्रश्न : इनिशाको शव कहिले उठ्छ ?
भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे
भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे