प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ३१, २०८१
|
|
२२ पटक हेरिएको
Shares
प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास

सारांश

  • नगरपालिकाको वडा नं १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उहाँले शिलान्यास गर्नुभएको हो ।
  • कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीय बासिन्दाका साथै छिमेकी भारतका जनताको उपचारको सुविधा दिनसक्ने बताउनुभयो ।
  • उहाँले आवश्यकता आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेकोे बताउनुभयो ।

 ३१ चैतः झापा,  

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गर्नुभएको छ । नगरपालिकाको वडा नं १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उहाँले शिलान्यास गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीय बासिन्दाका साथै छिमेकी भारतका जनताको उपचारको सुविधा दिनसक्ने बताउनुभयो ।

उहाँले आवश्यकता आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेकोे बताउनुभयो । मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यावसायिकता र रोजगारीमा लाग्न प्रधानमन्त्रीले आग्रह गर्नुभयो । दुई बिघामा रु १२ करोड ५९ लाख ७९ हजार ४९६ को लागतमा २०८३ साल माघ १४ भित्र बन्नेगरी जे एण्ड जे निर्माण सेवासँग सम्झौता भएको छ ।

प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ श्ययाको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकामा जग्गाप्राप्तिमा विलम्ब भएका कारण गौरादहमा अस्पताल भवन निर्माण सुरु हुन सकेको थिएन । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री सिंहद्वारा कलैया अस्पतालकाे छड्के निरीक्षण
मुख्यमन्त्री सिंहद्वारा कलैया अस्पतालकाे छड्के निरीक्षण
बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै
बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै
२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने
२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने
हेटौंडामा २३ वर्षीया युवतीको हत्या आरोपित मुख्य अभियुक्त पक्राउ
हेटौंडामा २३ वर्षीया युवतीको हत्या आरोपित मुख्य अभियुक्त पक्राउ
कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्ष बस्नेत भन्छन्ः वचतकर्तालाई वचत फिर्ता गराउनु हाम्रो उद्देश्य
कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्ष बस्नेत भन्छन्ः वचतकर्तालाई वचत फिर्ता गराउनु हाम्रो उद्देश्य
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
स्रोत नखुलेको १० लाखसहित एक जना पक्राउ
स्रोत नखुलेको १० लाखसहित एक जना पक्राउ
लेबनानमा इजरायलको घा*तक हमला, २५० भन्दा बढीको मृ*त्यु
लेबनानमा इजरायलको घा*तक हमला, २५० भन्दा बढीको मृ*त्यु
सिमरा घटना : अनुसन्धानका लागि दुई वडा अध्यक्ष पक्राउ
सिमरा घटना : अनुसन्धानका लागि दुई वडा अध्यक्ष पक्राउ
तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन
तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन