कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन २७, २०८०
|
|
७६ पटक हेरिएको
Shares
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

सारांश

  • कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् ।
  • प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
  • मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेस गरेका थिए ।

२७ असोज, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेस गरेका थिए । यद्यपि अन्तिम समयमा उनले आफ्नो दाबी कमजोर रहेको र शीर्ष नेताबिच छलफल जारी रहेको हुँदा सनाखत तत्काल नगराउने बताएका थिए ।

संविधानको धारा १६८ को उपधारा ९५० अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि राजीनामा दिएका थिए । प्रदेशसभामा रहेका ९३ सांसदमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । कार्कीले काँग्रेसका ८ सांसद लिएर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृ*त्यु
प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृ*त्यु
काठमाडौं उपत्यकाका यी क्षेत्रमा आज विद्युत आपूर्ति बन्द
काठमाडौं उपत्यकाका यी क्षेत्रमा आज विद्युत आपूर्ति बन्द
प्रतिनिधिसभा बैठक बस्दै, विद्युत विधेयक पेस गरिने
प्रतिनिधिसभा बैठक बस्दै, विद्युत विधेयक पेस गरिने
१६ करोड खर्चेर बनाइएको प्रसूतिगृह प्रयोगविहीन
१६ करोड खर्चेर बनाइएको प्रसूतिगृह प्रयोगविहीन
२४ दिनमै मधेसका महत्त्वपूर्ण ३ पद गुमाएको एमालेले आज किन दिँदैछ आफ्नै सरकार ढाल्ने कृष्ण यादवलाई विश्वासको मत?
२४ दिनमै मधेसका महत्त्वपूर्ण ३ पद गुमाएको एमालेले आज किन दिँदैछ आफ्नै सरकार ढाल्ने कृष्ण यादवलाई विश्वासको मत?
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सेन्टर सञ्चालन भएको पहिलो दिन ३६ जनाको उद्धार : २८ जना सेन्टरमा
सेन्टर सञ्चालन भएको पहिलो दिन ३६ जनाको उद्धार : २८ जना सेन्टरमा
पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल
पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल
वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य