प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् मंगलबार १९.०६ अंकले घटेर १८८९.५९ विन्दुमा झरेको नेप्से आज प्री ओपन सेसनमा ०.४४ अंकले बढेर १८९०.०४ विन्दुमा पुगेको हो।
यो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२३ अंकले बढेको छ। प्री ओपन सेसनमा ९ स्टकको ४ हजार ७०३ कित्ता सेयर १७ लाख ९५ हजार ५० रुपैयाँमा खरिद बिक्री भए।
कारोबार भएका स्टकमध्ये ३ को मूल्य बढ्यो भने ३ को घट्यो। बाँकी ३ स्टकको यो सेसनमा मूल्य स्थिर रह्यो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1