जनतामा अहिले निकै ठूलो आक्रोस छ : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
२७ पटक हेरिएको
Shares
जनतामा अहिले निकै ठूलो आक्रोस छ : प्रचण्ड

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूलाई पार्टीमा स्वागत गरेका छन् ।
  • शनिबार पार्टी प्रवेश गराउने क्रममा उनले संघीय लोकतान्त्रि गणतन्त्र सुहाउँदो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र निर्वाचन प्रणाली देशलाई आवश्यक रहेको बताएका हुन् ।
  • उनले भने, ‘संघीय लोकतान्त्रि गणतन्त्र सुहाउँदो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति यो देशलाई आवश्यक छ ।

३० चैत, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूलाई पार्टीमा स्वागत गरेका छन् । शनिबार पार्टी प्रवेश गराउने क्रममा उनले संघीय लोकतान्त्रि गणतन्त्र सुहाउँदो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र निर्वाचन प्रणाली देशलाई आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘संघीय लोकतान्त्रि गणतन्त्र सुहाउँदो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति यो देशलाई आवश्यक छ । संघीय लोकतान्त्रि गणतन्त्र सुहाउँदो निर्वाचन प्रणाली पनि यो देशलाई आवश्यक छ भनेर भनिराख्दा अहिले देशमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा एउटा अभियान सुरु गरेका थियौं ।’

यस्तै, उनले जनतामा अहिले निकै ठूलो आक्रोस रहेको भन्दै यो अवस्थामा देशको एकतालाई बचाउँदै राजनीतिक परिवर्तनको रक्षा र अगाडि बढेर देश विकास गर्नुपर्ने बताए । उनले भने, ‘अपारदर्शि र अलोकतान्त्रिक तरिकाले संविधान मिचेर अहिलेको सरकार बनेको छ । त्यसकारण जनतामा अहिले निकै ठूलो आक्रोस छ । असन्तुष्टि छ, सडकमा जनता विभिन्न रुपमा उत्रि रहेका छन् । शिक्षक, डाक्टर, नर्स सबै आन्दोलनमा छन् । सरकारमा भएका बाहेकका पार्टी पनि सडकमा नै छन् । यो अवस्थामा हामीले देशको एकतालाई बचाउँदै राजनीतिक परिवर्तनको रक्षा र अगाडि बढेर देश विकास गर्नुछ ।’ पार्टी केन्द्रीय सदस्य रामकुमार राइको संयोजनमा केन्द्रीय कार्यालय पेरिसडाडामा राखिएको पार्टी प्रवेसमा सय जना प्रवेश भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
सहकारी कानुन पुनरावलोकन गर्ने काठमाडौं महानगरको तयारी, विज्ञले दिए १४ बुँदे सुझाव
सहकारी कानुन पुनरावलोकन गर्ने काठमाडौं महानगरको तयारी, विज्ञले दिए १४ बुँदे सुझाव
रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी
रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी
एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने आन्द्रेस
एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने आन्द्रेस
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार
लुम्बिनीमा आफ्नो कार्यक्रममा मान्छे नआएपछि खाली कुर्सीलाई भाषण सुनाएर फर्के ओली
लुम्बिनीमा आफ्नो कार्यक्रममा मान्छे नआएपछि खाली कुर्सीलाई भाषण सुनाएर फर्के ओली
बालिका बलात्कारका दोषीलाई कारबाही माग गर्दै भालुबाङ बजार बन्द, राजमार्ग अवरुद्ध
बालिका बलात्कारका दोषीलाई कारबाही माग गर्दै भालुबाङ बजार बन्द, राजमार्ग अवरुद्ध
१८ जना प्रहरी सम्पर्कविहीन
१८ जना प्रहरी सम्पर्कविहीन
वुमन्स डे कपको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्दै
वुमन्स डे कपको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्दै
आजको लागि विदेशी मुद्राको विनिमय दर
आजको लागि विदेशी मुद्राको विनिमय दर