२६ जेष्ठ २०८२, आईतवार

ट्याक्टरको ठक्करले युवा संघका नेताको मृत्यु

 

३० चैत, विराटनगर।

मोरङको सुनवर्षीमा भएको दुर्घटनामा राष्ट्रिय युवा संघ नेपाल सुनवर्षी नगर कमिटीका सचिव भूपेन्द्र कटुवालको मृत्यु भएको छ। प्रहरीका अनुसार सुनवर्षीबाट खैरबारीतर्फ जाँदै गरेको प्र १–०२–००३ त ०७५२ नम्बरको ट्याक्टरले कटुवाल चढेको प्र १–०४–००१ प ४०११ नम्बरको मोटरसाइकललाई शुक्रबार बेलुका ठक्कर दिएको थियो।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो। अस्पताल ल्याइपुर्याउनासाथ चिकित्सकले कटुवाललाई मृत घोषित गरेको प्रहरीले जनाएको छ। प्रहरीले ट्याक्टर र चालक सुनवर्षी–४ का २९ वर्षीय सञ्जितकुमार महतोलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?