एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
२५ पटक हेरिएको
Shares
एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

सारांश

  • महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् ।
  • यहाँको वडा नं ११ धमौरा गाउँमा २५ जनामा क्षयरोगको सङ्क्रमण फेला परेको जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिए ।
  • धमौरा स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र महतोले यहाँ १७ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिमा क्षयरोगको सङ्क्रमण देखिएको बताए ।

२९ चैत,  जलेश्वर ।

महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा नं ११ धमौरा गाउँमा २५ जनामा क्षयरोगको सङ्क्रमण फेला परेको जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिए । धमौरा स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र महतोले यहाँ १७ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिमा क्षयरोगको सङ्क्रमण देखिएको बताए ।

उनका अनुसार सङ्क्रमितमध्ये ८० प्रतिशत स्थानीय मुसलिम समुदाय र बाँकी अन्य जातजातिका रहेका छन् । यस्तै, सङ्क्रमितमध्ये १२ जनाले हाल स्वास्थ्य चौकीको सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका स्वास्थ्यचौकी इन्चार्ज महतोले बताए । स्थानीयले वडामा तत्काल बृहत् सचेतना अभियान सञ्चालन गरेर थप सङ्क्रमितको खोजतलाश गर्न र सङ्क्रमण फैलिन रोक्नुपर्ने माग गरेका छन् । क्षयरोग चुरोट, बिडी र धूमपान, धुँवाधुलो र खानपानको समस्याले हुने एक प्रकारको सरुवा रोग हो । यसको समयमै उपचार नभए एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दै भयावह रूप लिन सक्ने जनस्वास्थ्यकर्मीको भनाइ छ । नेपाल सरकारले यस रोगको औषधि निःशुल्क प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुष्पाः २ ले तोडयो बलिउडको सबै रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी
पुष्पाः २ ले तोडयो बलिउडको सबै रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी
देशको व्यापार घाटा साढे १२ खर्ब नाघ्यो
देशको व्यापार घाटा साढे १२ खर्ब नाघ्यो
विश्वप्रकाशको चेतावनीः एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ
विश्वप्रकाशको चेतावनीः एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ
धनगढीबाट हराएका बाजुराका बालक ६ दिन पछि परिवारको सम्पर्कमा
धनगढीबाट हराएका बाजुराका बालक ६ दिन पछि परिवारको सम्पर्कमा
उपत्यकासहित देशभर भुकम्पको धक्का महसुस
उपत्यकासहित देशभर भुकम्पको धक्का महसुस
हङकङको युनलङमा ७ वटा गाडी ठोकिए, एक जनाको मृत्यु, ६ घाइते
हङकङको युनलङमा ७ वटा गाडी ठोकिए, एक जनाको मृत्यु, ६ घाइते
सांसद विकास कोष प्रति मेयर बालेनको टिप्पणी- सांसदहरू वडा अध्यक्षकै लेबलमा
सांसद विकास कोष प्रति मेयर बालेनको टिप्पणी- सांसदहरू वडा अध्यक्षकै लेबलमा
भूमि आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश
भूमि आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश
डाक्टरको लाइन्सेस परीक्षामा ५६ प्रतिशत पास
डाक्टरको लाइन्सेस परीक्षामा ५६ प्रतिशत पास
रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै