Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
३५ पटक हेरिएको
Shares
एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

सारांश

  • महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् ।
  • यहाँको वडा नं ११ धमौरा गाउँमा २५ जनामा क्षयरोगको सङ्क्रमण फेला परेको जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिए ।
  • धमौरा स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र महतोले यहाँ १७ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिमा क्षयरोगको सङ्क्रमण देखिएको बताए ।

 

२९ चैत,  जलेश्वर ।

महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा नं ११ धमौरा गाउँमा २५ जनामा क्षयरोगको सङ्क्रमण फेला परेको जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिए । धमौरा स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र महतोले यहाँ १७ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिमा क्षयरोगको सङ्क्रमण देखिएको बताए ।

उनका अनुसार सङ्क्रमितमध्ये ८० प्रतिशत स्थानीय मुसलिम समुदाय र बाँकी अन्य जातजातिका रहेका छन् । यस्तै, सङ्क्रमितमध्ये १२ जनाले हाल स्वास्थ्य चौकीको सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका स्वास्थ्यचौकी इन्चार्ज महतोले बताए । स्थानीयले वडामा तत्काल बृहत् सचेतना अभियान सञ्चालन गरेर थप सङ्क्रमितको खोजतलाश गर्न र सङ्क्रमण फैलिन रोक्नुपर्ने माग गरेका छन् । क्षयरोग चुरोट, बिडी र धूमपान, धुँवाधुलो र खानपानको समस्याले हुने एक प्रकारको सरुवा रोग हो । यसको समयमै उपचार नभए एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दै भयावह रूप लिन सक्ने जनस्वास्थ्यकर्मीको भनाइ छ । नेपाल सरकारले यस रोगको औषधि निःशुल्क प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीलक्षित प्रचण्डको टिप्पणी- अझै अहंकार देखाउनु देशका लागि दुर्भाग्य
ओलीलक्षित प्रचण्डको टिप्पणी- अझै अहंकार देखाउनु देशका लागि दुर्भाग्य
विद्यादेवी भण्डारी एमालेमा फर्किन मिल्छ कि मिल्दैन पार्टीले निर्णय गर्छ: प्रधानमन्त्री ओली
विद्यादेवी भण्डारी एमालेमा फर्किन मिल्छ कि मिल्दैन पार्टीले निर्णय गर्छ: प्रधानमन्त्री ओली
लागुऔषध अनरेक्स १ सय ३१ बोतलसहित एक जनालाई पक्राउ
लागुऔषध अनरेक्स १ सय ३१ बोतलसहित एक जनालाई पक्राउ
बन्द फिर्ता लिन यातायात व्यवसायी सहमत
बन्द फिर्ता लिन यातायात व्यवसायी सहमत
रोल्पा केन्द्रबिन्दु भएर भूकम्प
रोल्पा केन्द्रबिन्दु भएर भूकम्प
गृहमन्त्रीको राजीनामा माग्नु अनुचित : प्रधानमन्त्री ओली
गृहमन्त्रीको राजीनामा माग्नु अनुचित : प्रधानमन्त्री ओली
हतियार देखाएर वृद्ध दम्पत्तिको गहना लुटेको आरोपमा तीनजना पक्राउ
हतियार देखाएर वृद्ध दम्पत्तिको गहना लुटेको आरोपमा तीनजना पक्राउ
फेरि सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित, अब आइतबार बस्ने
फेरि सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित, अब आइतबार बस्ने
भुटानका राजा काठमाडौंमा, स्वयम्भुमा पूजापाठ
भुटानका राजा काठमाडौंमा, स्वयम्भुमा पूजापाठ
काठमाडौं महानगरद्वारा १० जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार
काठमाडौं महानगरद्वारा १० जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार