गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
३९ पटक हेरिएको
Shares
गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सारांश

  • बुधबार राति चलेको हावाहुरीबाट जिल्लाका विभिन्न स्थानका घर, विद्यालय एवं होटलको छाना उडाउनाका साथै भौतिक संरचनामा गरी कुल ३६ लाख ४५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
  • हावाहुरीले कालीगण्डकी गाउँपालिकाका तीन, मालिकाका ११, धुर्कोट गाउँपालिकाका नौ, रुरु गाउँपालिकाका एक तथा रेसुङ्गा नगरपालिकाका दुई घरमा क्षति पु¥याएको छ ।
  • धुर्कोट गाउँपालिका–४ बर्बोटमा अरुण गैरेले सञ्चालन गरेको सुपारी होटलमा पाँच लाखको क्षति भएको छ ।

तम्घास (गुल्मी), २८ चैतः

गुल्मीमा गएराति गएको हावाहुरीबाट ३६ लाखभन्दा बढीको भौतिक क्षति भएको छ । बुधबार राति चलेको हावाहुरीबाट जिल्लाका विभिन्न स्थानका घर, विद्यालय एवं होटलको छाना उडाउनाका साथै भौतिक संरचनामा गरी कुल ३६ लाख ४५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हावाहुरीले कालीगण्डकी गाउँपालिकाका तीन, मालिकाका ११, धुर्कोट गाउँपालिकाका नौ, रुरु गाउँपालिकाका एक तथा रेसुङ्गा नगरपालिकाका दुई घरमा क्षति पु¥याएको छ । धुर्कोट गाउँपालिका–४ बर्बोटमा अरुण गैरेले सञ्चालन गरेको सुपारी होटलमा पाँच लाखको क्षति भएको छ । होटलको छाना उडाउनाका साथै अन्य क्षति गरेको प्रहरीले जनाएको छ । गएराति चलेको हावाहुरीले मालिका गाउँपालिका–४ मा रहेको अर्खबाङ्ग माध्यमिक विद्यालयको कम्प्युटर ल्याब, शौचालय र पुस्तकालय भवनको छानो उडाएको छ ।

त्यसैगरी, अर्खबाङमा रहेको अर्खबाङ कृषि तथा पशु सहकारीको छानो पनि उडाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा एक लाख ५० हजार तथा सहकारीमा एक लाख बराबरको क्षति भएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले यो विवरण अहिलेको प्रारम्भिक तथ्याङ्क भएको जनाउँदै क्षतिको थप विवरण पालिकालाई पठाउन आग्रह गरिएको बताउनुभयो । राहतका लागि पालिकालाई अनुरोध गरिएको भन्दै उहाँले अहिले तत्काल प्रशासनबाट कुनै राहतका कार्यक्रम भने नभएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोटेकोशी बाढी : १ हजार ३८६ जनाको श*व फेला
भोटेकोशी बाढी : १ हजार ३८६ जनाको श*व फेला
महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वर्तमान सरकार ‘छापा-मार’ जस्तो देखियो, मिडिया विरोधी कदम धेरै टिक्दैन : ओली
वर्तमान सरकार ‘छापा-मार’ जस्तो देखियो, मिडिया विरोधी कदम धेरै टिक्दैन : ओली
आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
टस जितेको जनकपुरले ब्याटिङ रोज्यो, अनिलको स्थानमा त्रिपाठीलाई मौका
टस जितेको जनकपुरले ब्याटिङ रोज्यो, अनिलको स्थानमा त्रिपाठीलाई मौका
प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित
भारतले रोक्यो पाकिस्तानतर्फ बग्ने चेनाब नदी !
भारतले रोक्यो पाकिस्तानतर्फ बग्ने चेनाब नदी !
काठमाडौं महानगरका विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने
काठमाडौं महानगरका विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने
प्रधानन्यायाधीश राउत १० दिने भ्रमणका लागि बेलायत जाँदै
प्रधानन्यायाधीश राउत १० दिने भ्रमणका लागि बेलायत जाँदै
ग्रामीण सडकःमार्ग खुलको १४ वर्षपछि स्तरोन्नति
ग्रामीण सडकःमार्ग खुलको १४ वर्षपछि स्तरोन्नति