मधेश सरकारको अबको योजना कम्तिमा एक करोडको हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २७, २०८१
|
|
२३ पटक हेरिएको
Shares
मधेश सरकारको अबको योजना कम्तिमा एक करोडको हुने

सारांश

  • मधेश सरकारले आगामी आर्थिक वर्षदेखि एक करोड रुपैयाँभन्दा कम लागतका योजना वार्षिक बजेटमा समावेश नगर्ने निर्णय गरेको छ ।
  • जनकपुरधाममा पहिलो पटक बसेको प्रदेश विकास समस्या समाधान समितिको बैठकले सो निर्णय गरेको जनाइएको छ ।
  • बैठकको निर्णयअनुसार, अबदेखि आयोजना तथा कार्यक्रमको न्यूनतम सीमा एक करोड रुपैयाँ तोकिएको छ ।

२७ चैत,  जनकपुर ।

मधेश सरकारले आगामी आर्थिक वर्षदेखि एक करोड रुपैयाँभन्दा कम लागतका योजना वार्षिक बजेटमा समावेश नगर्ने निर्णय गरेको छ । जनकपुरधाममा पहिलो पटक बसेको प्रदेश विकास समस्या समाधान समितिको बैठकले सो निर्णय गरेको जनाइएको छ ।
बैठकको निर्णयअनुसार, अबदेखि आयोजना तथा कार्यक्रमको न्यूनतम सीमा एक करोड रुपैयाँ तोकिएको छ । एक करोडभन्दा कम लागतका कुनै पनि योजना वा कार्यक्रम वार्षिक कार्ययोजनामा नसमेटिने स्पष्ट गरिएको छ ।

मधेश प्रदेश नीति तथा योजना आयोगले तयार पारेको ‘प्रोजेक्ट बैंक’ मा सबै योजनाहरू प्रविष्ट गरेपछि मात्र तिनलाई ‘पीएलएमबीआइएस’ प्रणालीमा समावेश गर्ने निर्णय पनि बैठकमा भएको छ । आयोगका उपाध्यक्ष डा.सोहनकुमार साहका अनुसार, जेठ २१ गतेभित्र सबै आयोजनाहरू प्रोजेक्ट बैंक तथा पीएलएमबीआइएसमा दर्ता गरिसक्नुपर्नेछ । त्यस्तै, अधुरा तथा अपूरा योजनाको विवरण पनि प्रोजेक्ट बैंकमा समावेश गर्ने र तिनलाई आवश्यकता अनुसार वार्षिक कार्यक्रममा राख्ने बैठकले निर्णय गरेको छ । प्रदेश विकास समस्या समाधान समितिको पहिलो बैठकमा मुख्यमन्त्री सतिशकुमार सिंहसहित, प्रदेशका मन्त्री र प्रदेश मातहत रहेका मन्त्रालयहरुका सचिवको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै
प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै
निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय : गृहमन्त्री
निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय : गृहमन्त्री
स्रोत नखुलेको ३९ लाखसहित एक जना पक्राउ
स्रोत नखुलेको ३९ लाखसहित एक जना पक्राउ
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
संविधान जोगाउन माग गर्दै पोखरामा र्याली
संविधान जोगाउन माग गर्दै पोखरामा र्याली
राज्य व्यवस्था समितिमा कर्मचारी ट्रेड युनियनको धर्ना
राज्य व्यवस्था समितिमा कर्मचारी ट्रेड युनियनको धर्ना
नेपालको स्वास्थ्य क्षेत्र सुधार्न थाइल्यान्डमा सुझाव संकलन गर्दै मन्त्री पौडेल
नेपालको स्वास्थ्य क्षेत्र सुधार्न थाइल्यान्डमा सुझाव संकलन गर्दै मन्त्री पौडेल
इप्पानले गर्यो विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव
इप्पानले गर्यो विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव
नेपाली कम्युनिष्ट पार्टी र जसपाबीचको एकता अन्तिम चरणमा
नेपाली कम्युनिष्ट पार्टी र जसपाबीचको एकता अन्तिम चरणमा
सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन