कैलालीमा प्रहरी कार्यालयअगाडि पुरुष मृत फेला
२७ चैत, कैलाली ।
कैलालीको अत्तरियामा एक पुरुष मृत फेला परेका छन् । बुधबार बिहान अत्तरियास्थित इलाका प्रहरी कार्यालय मालाखेतीको अगाडि अन्दाजी ३५ वर्षका पुरुष मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक डीएसपी गंगाबहादुर थापाका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।
‘प्रहरी कार्यालयको अगाडि रहेको दुर्गा मन्दिर परिसरमा शव फेला परेको छ,’ डीएसपी थापाले भने, ‘शरीरमा चोटपटक पनि देखिएको छ ।’ घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घटनास्थलमा पुगेका प्रहरी अधिकारीका अनुसार घटना शंकास्पद छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment