सीमा अपराध नियन्त्रण गर्न दुई देश सहमत

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
२९ पटक हेरिएको
Shares
सीमा अपराध नियन्त्रण गर्न दुई देश सहमत

सारांश

  • नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठकमा सीमा अपराध नियन्त्रण तथा अन्य विविध विषयमा छलफल भएको छ ।
  • भारत बिहार प्रान्तको सीतामढीमा सोमबार दुई देशका सुरक्षा पदाधिकारीहरु बिच बैठक बसेको हो ।
  • संयुक्त बैठकमा दुवै देशका सुरक्षा अधिकारीहरु सीमा क्षेत्रमा हुने चोरीका सवारी साधनको अवैध पैठारी, मानव बेचबिखन, लागुऔषध ओसारपसार जस्ता अवैध व्यापार र जाली नोटको कारोबार रोक्न सहमत भएको छ ।

२६ चैत, सर्लाही ।

नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठकमा सीमा अपराध नियन्त्रण तथा अन्य विविध विषयमा छलफल भएको छ । भारत बिहार प्रान्तको सीतामढीमा सोमबार दुई देशका सुरक्षा पदाधिकारीहरु बिच बैठक बसेको हो । संयुक्त बैठकमा दुवै देशका सुरक्षा अधिकारीहरु सीमा क्षेत्रमा हुने चोरीका सवारी साधनको अवैध पैठारी, मानव बेचबिखन, लागुऔषध ओसारपसार जस्ता अवैध व्यापार र जाली नोटको कारोबार रोक्न सहमत भएको छ । बैठकमा सीमा सुरक्षा र अपराध नियन्त्रण, मानव बेचबिखन, मदिरा तथा लागू औषध ओसारपोसार, अवैध मुद्राको कारोबार नियन्त्रण विषयमा आपसी सहयोग र समन्वयका लागि छलफल भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले  जानकारी दिए।

जघन्य अपराध गरी एक अर्को देशमा लुकेर बसेका अपराधीका बारेमा सूचना आदानप्रदान गर्न, अवैध हातहतियारको कारोबारलाई नियन्त्रण गर्न र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न दुवै देशका सुरक्षाकर्मी सक्रिय रहने सहमति भएको उनले उल्लेख गरेका छन् । संयुक्त बैठकमा नेपाल तर्फबाट रौतहट, सर्लाही र महोत्तरीका जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक, भन्सार कार्यालयका प्रमुखहरुका साथै भारतको तर्फबाट सीतामढी जिल्लाका मुख्य जिल्ला अधिकारीहरुको नेतृत्वमा पुलिस अधीक्षक, भन्सार प्रमुख तथा एसएसबीका अधिकारीहरु, लागू औषध नियन्त्रण अधिकारी लगायतकाहरुको सहभागिता रहेको थियो ।

उक्त बैठकमा दुबै देशका सुरक्षासंग जोडिएका विषयमा छलफल एवंम समन्वयका आधारमा कार्यहरु अघि बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यलय सर्लाहीले  जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : राष्ट्रपति
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : राष्ट्रपति
राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान खारेज होइन, सुधार गरौं : प्रधानमन्त्री
राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान खारेज होइन, सुधार गरौं : प्रधानमन्त्री
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
शिक्षक आन्दोलनमा पुगे एकीकृत समाजवादीका नेताहरू
शिक्षक आन्दोलनमा पुगे एकीकृत समाजवादीका नेताहरू
नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
सर्लाहीको कविलासीमा स्थापना गरिएको आँखा उपचार केन्द्र सञ्चालनमा
सर्लाहीको कविलासीमा स्थापना गरिएको आँखा उपचार केन्द्र सञ्चालनमा
विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध
विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै
प्रधानसेनापति अशोक राज सिग्देल स्वदेश फिर्ता
प्रधानसेनापति अशोक राज सिग्देल स्वदेश फिर्ता