हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा भेटिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
२९ पटक हेरिएको
Shares
हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा भेटिए

सारांश

  • ‘क्यामरा ट्र्यापिङ’ प्रविधिको प्रयोग गरेर सन् २०२२ देखि २०२३ सम्म दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गरिएको थियो ।
  • अध्ययनअनुसार उत्तरी नाम्खा गाउँपालिकामा कम्तीमा ३९ हिउँ चितुवा रहेको पत्ता लागेका सहायक वन अधिकृत बाबुलाल बम्जनले राससलाई बताउनुभयो ।
  • हिउँ चितुवा अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामाले नाम्खा क्षेत्रमा ६१ वटा क्यामेरा जडान गरेर हिउँ चितुवाको अध्ययन गर्दा ३९ हिउँ चितुवा कैद गरिएको बताउनुभयो ।

 २६ चैतः काँक्रेविहार (सुर्खेत),

डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा उकाली तथा तेस्रो धुव्र संरक्षणले हिउँ चितुवाको अध्ययन गर्दा नाम्खा गाउँपालिकामा ३९ हिउँ चितुवा रहेको पत्ता लागेको छ । ‘क्यामरा ट्र्यापिङ’ प्रविधिको प्रयोग गरेर सन् २०२२ देखि २०२३ सम्म दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गरिएको थियो । अध्ययनअनुसार उत्तरी नाम्खा गाउँपालिकामा कम्तीमा ३९ हिउँ चितुवा रहेको पत्ता लागेका सहायक वन अधिकृत बाबुलाल बम्जनले राससलाई बताउनुभयो ।

हिउँ चितुवा अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामाले नाम्खा क्षेत्रमा ६१ वटा क्यामेरा जडान गरेर हिउँ चितुवाको अध्ययन गर्दा ३९ हिउँ चितुवा कैद गरिएको बताउनुभयो । हुम्ला सदरमुकाम सिमीकोटदेखि पाँच दिन पैदल हिँडेर लिमी पुगिसकेपछि घोडा खच्चरमा खानेकुरा बोकेर हिउँ चितुवा पाइने स्थानमा पुग्ने उहाँले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले हिउँ चितुवाको तथ्याङ्क ल्याउने कार्य सकिएको बताउनुभयो । यस्तै, माथिल्लो डोल्पामा हिउँ चितुवा पाइएसँगै हुम्लामा पनि पाइने अनुमानका आधारमा हिउँ चितुवाको गणनाको काम गरिएको थियो ।

गाउँपालिकाले पनि अब हिउँ चितुवा संरक्षणका लागि कार्यक्रम बनाउने अध्यक्ष लामाले जानकारी दिनुभयो । नाम्खाभित्रको मात्र अध्ययन गरिएको सहायक वन अधिकृत बम्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले २०२४ देखि २०३० सम्म हिउँ चितुवाको गणना तथा संरक्षणलाई प्राथमिकतामा राखेको छ ।” चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नाम्खामा छ वडा रहेका छन् । कुल क्षेत्रफल करिब दुई हजार ४१९ दशमलव ६४ वर्ग किमी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित
जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित
टेरामक्सबारे उचित समयमा जवाफ दिन्छु : सांसद बस्नेत
टेरामक्सबारे उचित समयमा जवाफ दिन्छु : सांसद बस्नेत
दुई महामन्त्रीका प्रतिवेदनमा छलफल गर्न देउवाले बोलाए बैठक
दुई महामन्त्रीका प्रतिवेदनमा छलफल गर्न देउवाले बोलाए बैठक
बागमती प्रदेशलाई प्लास्टिकरहित बनाउने घोषणा, वातावरण मन्त्रालयलाई ३ अर्ब बजेट
बागमती प्रदेशलाई प्लास्टिकरहित बनाउने घोषणा, वातावरण मन्त्रालयलाई ३ अर्ब बजेट
रुसमा पुनः भूकम्पको शक्तिशाली धक्का, सुनामीको चेतावनी जारी
रुसमा पुनः भूकम्पको शक्तिशाली धक्का, सुनामीको चेतावनी जारी
दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्नुपर्छ : मन्त्री श्रेष्ठ
रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्नुपर्छ : मन्त्री श्रेष्ठ
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी
भुटानका राजा काठमाडौंमा, स्वयम्भुमा पूजापाठ
भुटानका राजा काठमाडौंमा, स्वयम्भुमा पूजापाठ
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर