२६ जेष्ठ २०८२, आईतवार

मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

२० असोज, मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा आज बिहानै सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा नुवाकोटको बेलकोट नगरपालिका–५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले  जानकारी दिइन् । वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ३९८७ नम्बरको कन्टेनर त्रिभुवन राजपथ सडक खण्डअन्तर्गतको उक्त स्थानमा अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना हुँदा श्रेष्ठको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताइन् । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?