सिकार गर्न हिँडेका २ जना भरुवा बन्दुकसहित पक्राउ, १ जना फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २५, २०८१
|
|
४१ पटक हेरिएको
Shares
सिकार गर्न हिँडेका २ जना भरुवा बन्दुकसहित पक्राउ, १ जना फरार

सारांश

  • मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ परेकाहरु वन्यजन्तुको अवैध चोरीसिकारीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
  • सिकारी समूहका १ जना फरार भएका छन् ।
  • पक्राउ परेकाको साथबाट लोड गरिएको ३ नाल भरुवा बन्दुक बरामद भएको जानकारी जोशीले दिए ।

२४ चैत, विराटनगर :

मोरङको केराबारीमा वन्यजन्तुको सिकार गर्न हिँडेका २ जनालाई प्रहरीले अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ परेकाहरु वन्यजन्तुको अवैध चोरीसिकारीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सिकारी समूहका १ जना फरार भएका छन् ।

पक्राउ परेकाको साथबाट लोड गरिएको ३ नाल भरुवा बन्दुक बरामद भएको जानकारी जोशीले दिए । उनका अनुसार केराबारी गाउँपालिका–८ का ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्कीलाई पक्राउ गरिएको हो । याक्खा र कार्कीको समूहमा रहेका केराबारी–८ का ३५ वर्षीय धनबहादुर लिम्बू फरार भएका छन् । प्रहरीलाई देख्नसाथ बन्दुक फालेर फरार भएका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले केराबारी–८ स्थित आमजुंगी सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न गएकालाई आइतबार साँझ ६:५० बजेतिर पक्राउ गरेको जोशीले बताए ।  पक्राउ परेकाको साथबाट बरामद गरिएका भरुवा बन्दुक लोड गरिएको अवस्थामा रहेको उनको भनाइ छ ।

बन्दुकसहित पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । उनीहरुविरुद्ध हातहतियार खरखजना मुद्दा चलाउने प्रहरीको तयारी छ । पछिल्लो समय उत्तरी मोरङका वनमा जंगली जनावरको चोरीसिकारी बढेको जनगुनासो प्रहरीमा पुग्ने गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले चोरी सिकारी नियन्त्रणका लागि प्रहरी सक्रियता बढाइएको जानकारी दिए । ‘वन्यजन्तुको सिकार गर्नु गैरकानुनी हो । चोरीसिकारी नियन्त्रणका लागि सक्रियता बढाइएको छ,’ उनले भने, ‘चोरीसिकारी समूहका बारेमा जानकारी दिएर सबैले प्रहरीलाई सहयोग गर्नुपर्छ । अनि मात्रै वन्यजन्तुको चोरीसिकारी नियन्त्रण सहज हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीर अस्पतालमा नर्सहरूको प्रदर्शन
वीर अस्पतालमा नर्सहरूको प्रदर्शन
काठमाडौं ३ मा घरदैलो गरेका मतदाता भन्छन : कुलमानले हारे देश हार्छ’
काठमाडौं ३ मा घरदैलो गरेका मतदाता भन्छन : कुलमानले हारे देश हार्छ’
राजदेवी मन्दिरमा खोइँछ भराई र प्रसादी चढाइँदै
राजदेवी मन्दिरमा खोइँछ भराई र प्रसादी चढाइँदै
सोमबारदेखि बन्दीपुर केबलकार १५ दिन बन्द हुने
सोमबारदेखि बन्दीपुर केबलकार १५ दिन बन्द हुने
सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन
सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन
वीरगञ्जमा पनि कफ्र्यू आदेश जारी
वीरगञ्जमा पनि कफ्र्यू आदेश जारी
धरान उपमहानगरमा भुक्तानी विवाद: मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतसँग मागे लिखित जवाफ
धरान उपमहानगरमा भुक्तानी विवाद: मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतसँग मागे लिखित जवाफ
राप्रपाको निष्कर्ष- सरकारले डराएर निषेधित क्षेत्र तोक्यो, एमालेको प्रदर्शन गणतन्त्र कमजोर भएको प्रमाण
राप्रपाको निष्कर्ष- सरकारले डराएर निषेधित क्षेत्र तोक्यो, एमालेको प्रदर्शन गणतन्त्र कमजोर भएको प्रमाण
महोत्तरीको बर्दिबासबाट १५७ किलो गाँजासहित दुईजना पक्राउ
महोत्तरीको बर्दिबासबाट १५७ किलो गाँजासहित दुईजना पक्राउ
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर