सेवा व्यापार र विद्युतीय व्यापार सम्बन्धी कार्यशाला

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २५, २०८१
|
|
३६ पटक हेरिएको
Shares
सेवा व्यापार र विद्युतीय व्यापार सम्बन्धी कार्यशाला

सारांश

  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विश्व व्यापार सङ्गठनको सहकार्यमा सेवा व्यापार तथा विद्युतीय व्यापार (इ–कमर्स) सम्बन्धी तीन दिने कार्यशाला सम्पन्न गरेको छ ।
  • नेपालको अर्थतन्त्रमा ६० प्रतिशत भन्दा बढी योगदान रहेको सेवा क्षेत्रको विकास, विस्तार र सेवा व्यापारको प्रवद्र्धन समग्र आर्थिक एवम् सामाजिक विकासको लागि महत्त्वपूर्ण रहेको मन्त्रालयले जनाएको छ ।
  • मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार विश्वव्यापी रूपमा सेवा व्यापारको हिस्सा बढिरहेको सन्दर्भमा नेपालको वैदेशिक व्यापारमा समेत सेवा व्यापारको अंश प्रत्येक वर्ष बढ्दै गइरहेको छ ।

 

२४ चैत, काठमाण्डौँ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विश्व व्यापार सङ्गठनको सहकार्यमा सेवा व्यापार तथा विद्युतीय व्यापार (इ–कमर्स) सम्बन्धी तीन दिने कार्यशाला सम्पन्न गरेको छ । नेपालको अर्थतन्त्रमा ६० प्रतिशत भन्दा बढी योगदान रहेको सेवा क्षेत्रको विकास, विस्तार र सेवा व्यापारको प्रवद्र्धन समग्र आर्थिक एवम् सामाजिक विकासको लागि महत्त्वपूर्ण रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार विश्वव्यापी रूपमा सेवा व्यापारको हिस्सा बढिरहेको सन्दर्भमा नेपालको वैदेशिक व्यापारमा समेत सेवा व्यापारको अंश प्रत्येक वर्ष बढ्दै गइरहेको छ । प्रविधिको विकाससँगै विद्युतीय व्यापार (इ–कमर्स) नेपालमा दिनानुदिन लोकप्रिय हुँदै गइरहेको छ । विद्युतीय व्यापारलाई नियमन तथा प्रवर्धन गर्न विद्युतीय व्यापार (इ–कमर्स) ऐन, २०८१ जारी भइसकेको छ ।
नेपाल व्यापार एकीकृत रणनीति, २०८० ले पर्यटन, सूचना प्रविधि र इन्टरनेटमा आधारित सेवा, जलविद्युत, निर्माण सेवा, दक्ष तथा अर्धदक्ष श्रम सेवालाई निर्यात सम्भावना भएका सेवाको रूपमा प्राथमिकता दिएको छ ।

विश्व व्यापार सङ्गठनको सचिवालयबाट आउनुभएका स्रोत व्यक्तिले सेवा व्यापार र विद्युतीय व्यापारको सैद्धान्तिक अवधारणा, पछिल्लो विकासक्रम, विश्व व्यापार सङ्गठनमा भइरहेको वार्ता तथा प्रगति समेतका विषय समेटी अभिमुखीकरण प्रदान गरेका थिए । विश्व व्यापार सङ्गठन अन्तर्गतको सेवा व्यापार सम्बन्धी सामान्य सम्झौताका प्रावधानहरू, उक्त सम्झौता बमोजिम सदस्य राष्ट्रहरूले जनाएका प्रतिबद्धता, विद्युतीय व्यापारको सम्बन्धमा विश्व व्यापार सङ्गठनमा भइरहेका वार्ताहरू, नेपालको सेवा व्यापारको अवस्था तथा सेवा

व्यापार विकासको लागि अपनाउनुपर्ने उपायहरू, विद्युतीय व्यापार नियमनको अन्तर्राष्ट्रिय अभ्यास र नेपालले अपनाउनुपर्ने रणनीति लगायतका विषयमा विस्तृत छलफल तथा अन्तरक्रिया गरिएको थियो । कार्यशालाले नेपालको सेवा व्यापार र विद्युतीय व्यापारको विकासको निर्यात प्रवर्धन र व्यापार घाटा न्यूनीकरण गर्न एकीकृत राष्ट्रिय रणनीति बनाई सरोकारवाला सम्पूर्ण निकायको सामूहिक प्रयत्न अगाडी बढाउन सहयोग पु¥याउने मन्त्रालयको विश्वास छ । उक्त कार्यशालामा विश्व व्यापार सङ्गठनको सचिवालयका विज्ञ स्रोत व्यक्तिहरू, सरोकारवाला मन्त्रालय, विभाग तथा निकायहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहाको नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू
सिरहाको नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू
महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास
महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास
बागमती प्रदेश : संसद् सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै
बागमती प्रदेश : संसद् सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै
पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना तिराउन लेखिएको पत्र फिर्ता गर्न कमल थापाको माग
पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना तिराउन लेखिएको पत्र फिर्ता गर्न कमल थापाको माग
वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नपर्ने
वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नपर्ने
जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो
जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो
सुशीला कार्कीकाे शपथग्रहणको कार्यक्रम केही समय पर धकेलियो
सुशीला कार्कीकाे शपथग्रहणको कार्यक्रम केही समय पर धकेलियो
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक सुरु
विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक सुरु
सस्तोमा उखु बेच्दै सर्लाहीका किसान
सस्तोमा उखु बेच्दै सर्लाहीका किसान
ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृ*त्यु
ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृ*त्यु