२६ जेष्ठ २०८२, आईतवार

यूथ ओडिआई : नेपालविरुद्ध अफगानिस्तान ब्याटिङ गर्दै

 

२४ चैत, काठमाडौं ।

नेपाल यू-१९ र अफगानिस्तान यू-१९ क्रिकेट टोलीबीच तीन खेलको यूथ ओडिआई शृंखलाअन्तर्गत आज दोस्रो खेल हुँदैछ । मुलपानी क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको छ । नेपालले पहिलो खेलबाट आज तीन परिवर्तन गरेको छ ।

दयानन्द मण्डल, अमर मिश्रा र अशोक धामी बाहिरिँदा अपराजित पौडेल, दर्श सोनार र दिल्साद अली टोलीमा आएका छन् । यसअघि गत बिहीबार भएको पहिलो खेलमा पनि अफगानिस्तानले पहिले ब्याटिङ गर्दै ३०० रनको योगफल बनाएर खेल जितेको थियो । यही महिना नेपालमै हुने आईसीसी यू-१९ विश्वकप छनोटको तयारीस्वरूप यस शृंखला हुन लागेको हो । विश्वकप छनोट पनि मुलपानीमै खेलाइने छ । उक्त खेलहरू वाइओडिआई (यूथ वान डे इन्टरनेशनल) अर्थात् उमेर समूहको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको हुनेछ । नेपाली यू-१९ टोलीले यसअघि दिल्लीसँगको अभ्यास शृंखला खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?